चन्द्रमामा बस्ती बसाल्ने समाचारहरु बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । चन्द्रमामा पानीका श्रोत र मानवबस्तीको लागि विभिन्न समयमा वैज्ञानिकहरुले अध्ययन पनि गरिरहेका छन् ।

यसबैबीचमा एक कार कम्पनीले भने चन्द्रमामा चलाउन मिल्ने कार बनाउ प्रकृया अघि बढाएको जनाएको छ । जापानी कार निर्माता कम्पनी टोयोटाले चन्द्रमामा समेत पुग्ने तयारी गरेको छ । टोयोटाले चन्द्रमामा जान सेल्फ ड्राइभिङ कार निर्माण प्रक्रिया अघि बढाएको छ ।

टोयोटाले उक्त कारको नाम जक्सा लुनार रोभर राखेको छ । यो कारमा ६ वटा पांग्रा छन् र यसमा २ व्यक्ति आरामका साथ बसेर १० हजार किलोमिटरको यात्रा तय गर्न सक्छन् ।

टोयोटाले यो कार जापानी एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (जाक्सा) का लागि तयार गरिरहेको छ । सबै कुरा तयारीअनुरुपनै भएमा २०२२ सम्ममा टोयोटाले फुल–स्केल प्रोटोटाइप तयार पारिसक्नेछ । त्यसको २ बर्षपछि फ्लाइट र इन्जिनियरिङ मोडल तयार पार्ने लक्ष छ । यसको टेष्ट फ्लाइट २०२७ मा गर्ने लक्ष लिइएको बताइएको छ । यो कारलाई सन् २०२९ मा चन्द्रमामा लाने योजना छ । टोयोटाको यो कार ६ मिटर लामो हुनेछ । जक्सा लुनार रोभर ब्याट्रीबाट चल्नेछ भने सौर्य ऊर्जाबाट चार्ज हुनेछ ।

व्यक्तिसहित लुनार परिधीमा घुम्ने यो कार पहिलो भने होइन । नाशाले सन् १९७१ र १९७२ मा आफ्नो अन्तिम ३ एपोलो मिशनका क्रममा अन्तरिक्षयात्रीले चलाउन मिल्ने मुन बुगी लन्च गरेको थियो ।


Your Views
Related News