चरिकोट : नेपाल भ्रमण वर्ष २०२० लाई ल’क्षित गरेर कालिञ्चोक दर्शन लिमिटेड दोलखाले केबलकारमा ४० प्रतिशत छु’टको अ’फर ल्याएको छ । पुस १६ गतेदेखि दोलखा, सिन्धुपाल्चोक र रामेछाप गरी ३ जिल्लाका नागरिकका लागि केवलकारमा ४० प्रतिशत छु’टको अ’फर ल्याएको हो । भ्रमण वर्षको नि’श्चित अ’वधिका लागि ४० प्रतिशत छुट दिइएको कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी प्रमुख अशोक शिवाकोटीले जानकारी दिए। यसअघि पाँचसयको टिकट लिएर केबलकारको से’वा उ’पलब्ध हुनेमा ४० प्रतिशत छु’टपछि तीनसयको टिकट लिएर आ’वतजावत गर्न सकिने कार्यकारी प्रमुख शिवाकोटीले जनाए ।

उनको अनुसार सो यो’जना हरेक हप्ताको सोमबार र बुधवार मात्र ला’गू हुनेछ । केबलकारबाट यात्रा गर्ने सबै उमेर स’मूहका यात्रुलाई सो छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।छुट पाउनको लागि दोलखा, सिन्धुपाल्चोक र रामेछाप जि’ल्लाबासी भएको प’रिचयपत्र अ’निवार्य गरिएको कम्पनीले जनाएको छ । ३८४२ मिटरको उचाइमा अ’वस्थित कालिञ्चोक भगवतीको द’र्शनका लागि भञ्ज्याङबाट कालिञ्चोक मन्दिरसम्म पुग्न केबलकार स’ञ्चालनमा आएको थियो।


Your Views
Related News