काठमाडौँ । एक्सन स्टार विराज भट्ट अभिनित चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक भएको छ । कुनै समयमा नेपाली चलचित्रमा दमदार एक्सनका रुपमा छवी बनाएका विराज भट्ट फेरी त्यस्तै एक्सन चलचित्र लिएर आएका छन् । विराज आफैले पहिलो पटक निर्देशन गरेका चलचित्र हो साङ्ग्लो । एक्सन मात्रै होइन उनि डान्समा पनि उतिकै पोख्त अभिनेताका रुपमा परिचित छन् ।

फिल्म कमेडी, रोमान्स, प्रेम र एक्सनसहितको ट्रेलर सार्वजनिक भएको छ । विराज भट्ट यस फिल्म सबै खालका भूमिका निर्वाह गरेका छन् । अझ एक्सनमा उनको धमाका देखिन्छ । अभिनेत्री भने मिस नेपाल २०१७ विजेता निकिता चाण्डकलाई विराजको जोडी देख्न सकिन्छ । निकिताको यो डेब्यु सिनेमा हो ।

सिनेमामा मुख्य भूमिकामा विराज भट्ट ,निकिता चाण्डक, कामेश्वर चौरसिया,जयनन्द लामा, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको अभिनय छ ।

शिवम अधिकारीको लेखनमा निर्मित सिनेमामा सुरेश अधिकारी/राजनराज सिवाकोटीको संगीत, श्री श्रेष्ठको एक्सन, मानकृष्ण महर्जनको छायांकन, अर्जुन जिसीको सम्पादन र कविराज गहतराज/रामजी लामिछानेको कोरियोग्राफी छ ।

फिल्म माघ २४ गतेबाट अलनेपाल रिलिज हुने सिनेमालाई विराज आफैले निर्माणसमेत गरेका हुन् । लामो समयपछि कमब्याक गरेका विराजको फिल्म हेर्न दर्शकहरु उत्साहित छन् ।


Your Views
Related News