काठमाडौं = नवलपरासीको सुनवलमा २२०–१३२ केभी न्यू बुटवल र चितवनको भण्डारामा पूर्वी चितवन १३२–३३–११ केभी सबस्टेसनको निर्माण अन्तिम च,रणमा पुगेको छ । दुवै सबस्टेसनको निर्माण आगामी चैत (मार्च २०२०) भित्र सम्पन्न गरी सञ्चालन (चार्ज) गर्ने ल,क्ष्यका साथ काम भइरहेको छ ।

दुवै सबस्टेसन आयोजना निर्माण प्रगतिको स्थलगत निरीक्षणमा पुगेका नेपाल विद्युत प्राधि,करणका कार्यकारी निर्देशक कुलमान घिसिङले धैरै समय लाग्ने अधिकांश सिभिल संरचनाको निर्माण सकिएकाले कुनै अ,वरो,ध नआएमा तोकिएकै समयमा काम सकिने बताए ।

आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीका प्रतिनिधिहरुसँग निर्माण प्रगति, काममा उत्पन्न समस्या लगायतका बारेमा जानकारी लिंदै कार्यकारी निर्देशक घिसिङले तोकिएकै समयमा काम सक्न निर्देशन दिए । ‘सबस्टेसनको जग (फाउन्डेसन) हालिएको छ, अ,धिकांश उपक,रण,हरु आयोजनास्थलमा आइसकेका छन् भने केही आउनेक्रममा छन् । अब उपक,रणहरु ज,डानको काम मात्रै बाँकी देखिन्छ ।

बाँकी रहेको सिभिल सं,रचनाको काम सक्न र उपकरण जडान कार्यलाई ती,ब्रता दिनुहोस्’,उनले निर्देशन दिंदै भने । ‘निर्माण तेकिएकै समयमा सम्पन्न गर्न अहिले देखिएका देखिएका समस्या समाधान गर्नुपर्छ । प्राधिक,रणले गर्नुेपर्ने काम र सहजी,करण तदारु,कताका साथ गरिदिने छौं ।’

मु,लुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत एवं द्धिपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवद्र्धन लागि आ,न्तरिक प्रसारण, वितरण र अन्तरदेशीय प्रसारण प्र,णालीहरुको विस्तार तथा सदृढीकरणका लागि न्यू बुटवल सबस्टेसनको निर्माण गरिएको हो । भारतीय ठे,केदार कम्पनी टाटा प्रो,जेक्ट लिमिटेडले चैत भित्र सबस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ । निर्माणमा अहिले १ सय जनाभन्दा बढी श्रमिक आयोजनास्थलमा खटिएका छन् । कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत कालीगण्डकी किरडोर २२० कभी प्रसारण लाइन हुँदै न्यू बुटवल सबस्टेसनमा ल्याई राष्ट्रिय प्र,णालीमा प्रवाह गरिनेछ ।

नेपाल र भारतबीच विद्युत व्यापारका लागि लागि दोस्रो क्रस बोर्डर प्रसारण लाइन पनि न्यू बुटवल सबस्टेसनबाट सुरु हुनेछ । नेपाल र भारतबीच विद्युत व्यापारका लागि न्यू बुटवल–गोरखपुर ४०० केभी डबल सर्किट प्रसा,रण लाइन निर्माण लगानी तथा का,र्यान्वयन प्रारुपमा सहमति जुटिसकेको छ । करिब २० बिगाहा जमिनमा निर्माण हुने न्यू बुटवल धनुषाको ढल्केबर सबस्टेसनपछिको दोस्रो ठूलो विद्युत हब बन्ने छ ।

अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत दिने अ,नुदानबाट न्यू बुटवलमा ४०० केभीको अर्को सबस्टेसन पनि बन्नेछ । एमसीसीले तनहुँको दमौलीबाट न्यू बुटवलसम्म ४०० केभी प्रसारण लाइन पनि निर्माण गर्नेछ । बर्दबाट–न्यू बुटवल २२० केभी र न्यू बुटवल– कोहलपुर (बाँके) ४०० केभी प्रसारण लाइन निर्माण हुँदैछ । चितवनको रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत आपूर्ति गुण,स्तरीय तथा विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।

‘भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३–११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत आपूर्ति भइरहेको छ । लामो लाइन र क्षमताले नधान्दा लाइन चुँ,डिने, ट्रि,पिङ हुने, लो भो,ल्टेज र विद्युतको प्रावि,धिक चु,हावटको स,मस्या थियो’, कार्यकारी निर्देशक घिसिङले भने, ‘सबस्टेसन सञ्चालनमा आएपछि प्राविधिक चु,हावट करिब ४–५ प्रतिशत घ,ट्ने छ ।

ग्राहकले पनि गु,णस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउनु हुनेछ भने प्र,सारण क्ष,मताले न,धानेर गर्मीमा बा,ध्यकारी लो,ड,सेडिङ गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुनेछ ।’ मकवानपुरको हेटौडाबाट भरतपुर,तर्फ गएको १३२ केभी प्र,सारण लाइनबाट प्र,वाह भएको विद्युत पूर्वी चितवन सबस्टेसनमा ट्या,पिङ गरी त्यस क्षेत्रमा आपूर्ति गरिनेछ ।


Your Views
Related News