सुजन सुबेदी,मलेसिया
हैन यो देश त, नेताहरुको बाउले अंश दिएको जस्तो पो गर्छन् त/ सुजाता कोईरालाको बाउ बाजेले ल छोरी तलाई दाईजो भनेको जस्तो गर्छे, कालापानी , लिम्पियाधुरा, नेपालको हो, रहन्छ , भन्नू त कता हो कता भारतलाई दिएर ,/ सट्टामा लिएर समस्या समाधान गरौं रे? त कुहिएको आलु जस्तो कुरा नगर, कोईराला हो कि खुईलाला हो, कालापानी भारतलाई दिएर सट्टामा अर्को लिएमा हामी झन् हेपिने छौ/ हाम्रो भूमिमा बसेर यत्रो हेप्छ भारतले,, अझ हामीले भारतलाई सुम्मपिए नेपालको हालत के होला?
भारतलाई डर छ,कालापानी र लिपुलेक यदि नेपालले चिनलाई दिएको खण्डमा भारतको निन्द्रा हराम हुन्छ ।जसरी पनि भारत त्यो ठाउँ पुण रुपमा कब्जा गर्न चाहान्छ।,
?
कोईराला ,,पहिले इतिहास पढेर आइज,१८१४ अक्टोबर २२ मा आफ्नो देशको माटो जोगाउन,बालबच्चा , र महिला हरु छाति थापेर इट्टा ढुङ्गा बोकेर तयार थिए।जाबो ६०० महिला , बुढापाका रहेको हुलले ३८०० भन्दा बढि बेलायती फौज, जो हातहतियार , तोप सहित आउदा जनरल जिलेप्सि सहितको टोलीलाई धुलो चटाएर पठाएको थियो / पानी समेत खान नपाउदा , १ इन्च पनि डेग नसरि देशको लागि छाति थाप्ने ती नारिहरुको राष्ट्र प्रेम त जस्तो चिल्लो गाडिमा चढेर जनताको भोटको दुरुपयोग गरि, भारतको गुल्लामि गर्ने नालायक लाई के थाहा ।??
??

यो देश न प्रचण्ड , ओलि, देउवा , या कोईराला खान्दानले दिएको हो, देश भए पछि जनता हुन्छन्, कानुन हुन्छ,जनताको भावानाको कदर हुनुपर्छ ,जनताले रगत संग आफ्नो भूमि साट्न तयार रहेको बेला त को होस्? र तेरो मर्जि चल्छ, हुटिट्याउ जस्तो कराउँदै नहिड, राज्य बेच्न खोज्दा जनताले तलाई नै बम्बाई लगेर बेच्न नपरोस् ,।

सुजाता कोइरालाको भनाई

कालापानीको भूभाग भारतको हो भारतलाई दिनुपर्छ: सुजाता कोइराला

मुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपालका कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाइ लिजमा दिनुपर्ने धारणा राखेकी छिन् आइतबार राति ८ः००बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा धमलासँग कुरा गर्दै नेतृ कोइरालाले यस्तो कुरा बताएकी हुन् उनले भनिन्नेपालका कालापानी लिपुलेक र लिम्पियाधुराको सीमा मिचिएको कुरा छ यसको बारेमा झगडा र गाली गरेर वा पुत्ला जलाएर समस्याको समाधान हुँदैन् ।

यसको लागि दुवै पक्षबीच वार्ता गर्नुपर्छ । नेपाल सरकारको तर्फबाट जुन पहल हुनुपर्दथ्यो त्यो भएको छैन् । कालापानी लिपुलेक र लिम्पियाधुरा भारतलाई लिजमा दिनुपर्यो ।उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–बंगलादेशबीचको समस्या समाधान कुशलतापूर्वक गरेको सुनाईन् उनले भनिन्भारतसँग नेपालले यी भूमी फिर्ता गराउन सक्दैन् । त्यसैले नेपालले पनि भारत र चीनसँग कुनै ठाउँको जमिन लिएर हुन्छ भने समस्याको समाधान गर्नुपर्छ । हाम्रो लिपुलेक कालापानी र लिम्पियाधुरा भारतलाई लिजमा दिने र उनीहरुको जमिन हामीले लिने (साटासाट) गरेर जानुपर्छ

उनले अहिले कांग्रेसको भारतसँगको सम्बन्ध बिग्रेको टिप्पणी गरिन् । उनले भनिन्भारतसँग राम्रो सम्बन्ध बनाउनुपर्छ भनेर हिँड्ने मान्छे हाम्रो पार्टीमा भारतसँग मिलाउने व्यक्ति पनि मै हुँ तर पार्टीले मलाई कुनै जिम्मेवारी दिएन् ।उनले पार्टी सभापति शेरबहादुर देउवा असफल सभापति भएको पनि आरोप लगाईन् ।
उनले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल अब अभिभावक भएर बस्नुपर्ने सुझाव दिईन् उनले भनिन्अब पार्टीको नेतृत्वमा नयाँ पुस्ता र नयाँ फेश आउनुपर्छ पछिल्लो समय सभापति देउवाले गल्ती गरेको पनि उनको आरोप छ उनले थपिन्उहाँले पेलेर लैजान खोज्नुभयो । यो गलत हो । रामचन्द्र पौडेल समूहपनि केन्द्रिय समितिको बैठकमा जानुपर्छ ।

उहाँहरुले पनि आफ्नो कुरा केन्द्रिय समितिको बैठकमा राख्नुपर्छ । सभापतिले पनि छलफलको लागि नेताहरुलाई बोलाउनुपर्छ । हामी पनि जानुपर्छ । म त जाने तयारी छु । त्यहीँ गएर कुरा राख्छु रिपोर्टस नेपालको सहयोगमा हिमाल पोस्ट बाट साभार


Your Views
Related News