काठमाडौं, २८ पुस । चलचित्र क्षेत्रमा हुने गरेका बिकृति विसंगतिलाई समेटेर पत्रकार तथा लेखक डिबी खड्काद्वारा लेखिएको पुस्तक ‘नियत’ सोमबार सार्वजनिक भएको छ ।

पुस्तकलाई नेपाली चलचित्र जगतका तीन अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का , लक्ष्मी बर्देवा, नेपाल लाइभका सम्पादक नारायण अमृत र अमर खड्काले सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै नेपाल लाइभका सम्पादक नारायण अमृतले यस्ता विषयमा कमै लेखिएको र खड्काले मीठो भाषामा चलचित्र क्षेत्रको प्रवृत्ति केलाउने प्रयास गरेको बताए । ‘यस्ता विषयमा नेपालमा कमै लेखिएका छन् । डिबीले यस विषयमा गहिरिएर खोतल्ने प्रयास गरेका छन्,’ उनले भने ।

लामो समय रंग पत्रकारिता गरेका खड्काको पुस्तकबारे अभिनेत्री रेखाले भनिन्, ‘किताब असाध्यै मनपर्यो । जति पटक किताब पढ्‍यो उति मजा लाग्यो । फिल्म बनाऊँजस्तो लाग्यो । पढ्दै जाँदा रुचिपूर्ण कथा लागे ।’

अर्की अभिनेत्री स्वस्तिमाले पुस्तकले आफूलाई गहिरोसँग तानेको बताइन् । ‘कहिल्यै किताब नपढ्ने मान्छे म घर जाने बित्तिकै पढेँ। धन्न मैले सिरियस मान्छेसँग काम गर्न पाएँ र त्यस्तो दुर्व्यवहार भोग्नुपरेन ।’

त्यसैगरी अर्की अभिनेत्री लक्ष्मीले पुस्तकमा चलचित्र क्षेत्रको वास्तविकता उल्लेख गरिएकोमा आफू प्रभावित भएको आशय पोखिन् ।


Your Views
Related News