काठमाडौं, २८ पुस । मध्यपूर्वी मुलुक इरान र अमेरिकामा जारी त नावका कारण नेपाली अर्थतन्त्रमा ग म्भीर असर पर्ने विज्ञहरूले जनाएका छन् । विगत केही दिनदेखि देखिएको त नावका कारण विश्व अर्थतन्त्रमा असर परिरहँदा नेपालमा त्यसको धेरै नै नकारात्मक प्रभाव पर्ने उनीहरूले चिन्ता जाहेर गरेका हुन् ।
उक्त त नावले खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरू जोखिममा रहेकाले मानसिक त नाव बढेर नेपाल फर्कन सक्ने हुँदा विप्रेषण आप्रवाहमा अधिक गिरावटको सम्भावना रहेको विज्ञहरूको विश्लेषण छ । नेपालबाट रोजगारीका लागि खाडी मुलुकमा जाने कामदारहरूको संख्या अधिक नै रहेको र त्यहाँ त नाव बढ्दा नेपाली कामदारहरू आतंकित भई नेपाल फर्कंदा रेमिट्यान्स घट्ने विज्ञहरू तर्क गर्छन् ।
अर्थविद् प्राडा चन्द्रमणि अधिकारी उक्त तनावको सबैभन्दा ठूलो प्रभाव विप्रेषणमा नै पर्ने बताउँदै भन्नुभयो– ‘मानवीय दृष्टिकोणले पनि नेपाली जनशक्तिलाई स्वदेश फर्काउनुपर्ने हुन्छ । यसको उचित प्रबन्ध मिलाउँदा खर्च व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’उनीहरू नेपाल फर्किसकेपछि खाडी मुलुकबाट अधिक मात्रामा भित्रने रेमिट्यान्समा कमी हुने उहाँको भनाइ छ ।
विप्रेषण आप्रवाहमा असर परेपछि वैदेशिक मुद्रामा चाप पर्ने बताउँदै नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले थप्नुभयो– ‘शोधनान्तर बचतमा पनि चाप पर्नेछ।’नेपालले भारतबाट तेल खरिद गर्दै आएको छ भने भारतले अन्य मुलुकबाट तेल आयात गर्दछ । भारतले सबैभन्दा बढी तेल आयात गर्ने मुलुकमध्ये इरान पनि एक हो । इरानमा द्व न्द्व बढ्दा तेलको मूल्यमा वृद्धि हुन जाने बताउँदै अर्थविद् डा. अधिकारीले यसबाट नेपालमा आयात हुने तेलको मूल्यमा वृद्धि भई तेल अभाव नै हुनजाने सम्भावना औंल्याउनुभयो ।
उहाँले भन्नुभयो– ‘भारतबाट तेल किनिने भए पनि भारतले खाडीबाट तेल किन्ने हुँदा यसमा कडाइ हुन गई मूल्य बढ्छ, जसको प्रत्यक्ष प्रभाव नेपालमा पर्छ।यसरी मूल्य बढ्दा नेपालको अर्थतन्त्रको लागत बढ्न गई यसले समग्र अर्थतन्त्र प्रभावित हुन्छ ।’