काठमाडौँ -पाँच वर्षीय आशमान तनेजालाई गिनिज वर्ल्ड रेर्कडले सम्मान गरेको छ । तनेजा गिनिज वर्ल्ड रेर्कडमा नाम बनाउन सफल कम उमेरका व्यक्ति हुन् ।उनलाई यो सम्मान लगातार एक घण्टा तेक्वान्डो–घुडा प्रहार विजेताको रुपमा दिइएको हो । उनी‘युएस वर्ल्ड ओपन तेक्वान्डो’का रजत पदक विजेता पनि हुन् ।

आशमानका पिता आशीष तनेजाका अनुसार यस उपलब्धिका लागि आशमानले कडा मिहिनेत गरेका छन् । उनले एक घण्टासम्म बिना कुनै समस्या सफलतापूर्वक १२०० पटकभन्दा अधिक प्रहार गरी सबैलाई अच्चमित बनाएका छन् ।
तनेजाका दिदी तेक्वान्डो खेलाडी हुन् ।

आफ्नै दिदीबाट प्रेरणा मिलेको उनले बताए । साथै आशमानले आफ्नो दिदीसँग प्रशिक्षण लिने गर्छन् ।दिदी मेरो प्रेरणा र प्रशिक्षक दुबै हुन्, आशमान भन्छन् ।


Your Views
Related News