१. माया र इज्जत उसलाई देउ जसले तिमीलाई आफ्नो ठान्छ, तिम्रो हरेक सुख-दुखमा साथ दिन्छ बाकी अरु त दर्शक मात्र हो जसले रमिता मात्र हेर्छन ।२. कति मिठा हुन्छन ति यादहरु जसले हासो र आशु एकैपटक ल्याउने गर्दछ ।३. कदर गर्न सिक किनकि न त जिन्दगी फर्किएर आउछ न त जिन्दगीमा आएकाहरु नै ।४. अरुलाई खराव भन्न पहिले आफु असल हुनुपर्दछ ।

५. चुम्बक जस्तै टासिएकाहरु पनि आज खिया लागेको देखेर टाढिएर गए ।६. संसारमा दुइ ओटा कुराहरु मात्र पाहुना हुन्छन- धन र यौवन । तर, यिनीहरु आउन र जानमा समय लाग्दैन ।७. आफ्नो त त्यो हो जसले रुन दिदैन ।८. घरमा मन्दिर नभएर के भो जब घरमा मन्दिर जस्तै मेरी आमा छिन ।

९. सुखमा आफ्ना हजार हुन्छन दुखमा सबै फरार हुन्छन ! कस्तो संसार बनाएछ दैवले जिउदा जिउदा एक्लै मर्दा मलामी हजार हुन्छन ।१०. आमा : मलाई दुनिया जित्नु छैन बस तिम्रो मन जित्न पाए हुन्छ ।११. आमा : मेरो आयु पनि तिमिलाइ लागोस ।१२. सुखमा ताली बजनेने दश औला भन्दा त दुखमा आशु पुछिदिने एक औला नै ठुलो हुन्छ ।

प्रेरक प्रसंग

भनिन्छ चिन्ता चिता हो । चिन्ताले तपाइँकको मानसिक विगार मात्र गर्दैन, शारीरिक, पारिवारिक, सामाजिक, सांस्कृतिक, आर्थिक असर पनि पार्दछ । तनावमा विताएको समय हाम्रो छोटो जीवनको अवधिमा खेर गएको समय हो । तर जीवनको उतार चढावमा हामी जति नै प्रायश गर्छौं तनाव मुक्त हुन तर पनि सधै एकैनासको हुदैन । समस्या परिहाल्छ, तनावले घेरिहाल्छ । समस्या बगेरको जिन्दगि त कसैको हुदैन तर त्यसको प्रभावको व्यवस्थापनको तरिका थाहा नहुनाले हामि तनावमा रहिरहन्छौ । स्ट्रेस म्यानेजमेन्ट पनि एउटा कला हो । हामीले तल १५ यस्ता सरल तरिकाहरु सिकाएका छौ जसको मद्दतले तपाई आफ्नो जीवनमा तनावलाइ न्यूनीकरण गर्न समर्थ हुनुहुनेछ ।

१. यस्तो मान्छेहरुसित कुरा गर्नुस जोसित बोल्दा मन खुशी , प्रफुल्लित र पोजिटिभ हुन्छ ।२. खुशी हुनेबारे पुस्तक पढ्नुस, मोटिभेसनल गित सुन्नुस ।३. आफ्नो टेन्सन को कारण कोहि नजिकको साथीलाई शेयर गरेर सुझाब लिनुस ।४. यो बुझ्नुस कि तपाईं जति Tension लिनुहुन्छ तपाइको Life मा त्यति नै कठिनाइ आउँछ ।

५. नदि पोखरी या खुल्ला ठाउँ मा उभिएर मा उदाउदै गरेको शुर्य को आराधना गर्नुस ।६. नेगेटिभ सोच भएको, बढी आलोचना गर्ने र लजिक बढी गर्ने मान्छेहरुको माझ मा प्राय नबस्नुस ।नेगेटिभ सोच भएको, बढी आलोचना गर्ने र लजिक बढी गर्ने मान्छेहरुको माझ मा प्राय नबस्नुस ।

७. मोटिभेसनल भिडियोहरु डाउनलोड गरेर हेर्नुहोस ।८. टेन्सन को कारण पत्ता लगाउनुहोस र समाधानको बारेमा सोच्नुहोस ।९. पानी प्रसस्त पिउनुहोस, किनकी पानीको अभाव ले पनि स्ट्रेस ल्याउछ ।१०. यदि फेसवुक जस्ता सामाजिक संजाल चालाउनुहुन्छ भने पनि सदैव सकारात्मक पोष्ट तथा उर्जावान कुराहरु मात्र पढ्नुहोस ।

११. यदि एक्लै हुनुहुन्छ भने YouTube मा अन्यको संघर्षको कथा पढ्नुहोस, उर्जावान संदेशहरु हेर्नुहोस, र आफ्नो आत्मविश्वासलाइ बढाउदै लैजानुहोस ।१२. सकेसम्म विगतलाई सम्झने कोसिश नगर्नुहोस, आफ्नो कमजोर पाटोमा पटक्कै ध्यान नदिनुहोस, सधै ख्याल राख्नुहोस् एउटा ढोका बन्द भयो भने अवश्य आर्को खुल्नेछ ।

१३. जीवनमा सकेसम्म सर्त नाजोडनुहोस्, unconditional happiness भन्छन नि यो भइदिएको भए त्यो भइदिएको भन्ने नगर्नुहोस । अनि आफ्नो तुलना अरुसंग गर्दै नगर्नुहोस, संसारमा तपाइँ जे हुनुहुन्छ राम्रो हुनुहुन्छ कसैसँग तुलना गर्नु आवाश्यक छैन ।

१४. कृतिमता छोडेर प्रकृतिमा रमाउनुहोस, प्रकृतिसँग हरेक चोटको मल्हम हुने गर्दछ । हरियाली राम्नुहोस, बादल हेरेर बग्नुहोस, चरा संगै उद्नुहोस, हावासँगै स्वतन्त्र हुनुहोस ।१५. भावनालाई नियात्रामा राख्नुहोस् । बहकिने मनलाई विवेकको डोरीले कसेर राख्ने प्रयास गर्नुहोस् ।

तब तनाव तपाई जीवनबाट टाढा हुदै जानेछ अनि सो को ठाउँमा शान्ति र उर्जाले भरिनेछ । प्रयास त गरिहेर्नुहोस ।


Your Views
Related News