नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले कुनै पनि हालतमा एमसीसी पारित हुनुपर्ने बताएका छन् । बुधवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।

एक प्रश्नको जवाफमा अहिलेसम्म यति धेरै सहयोग अमेरिकाबाट नआएको उनको भनाई थियो , उनले ‘कालापानी नेपालको हो’ भनेपछि पार्टीभित्रै विवाद बढाइएको गुनासो गरेका छन् । सभापति देउवाले नेपाली कांग्रेसको महाधिवेशनको मिति कुनै पनि हालतमा नसर्ने स्पष्ट पारे ।

सभापति देउवाले पार्टीगत विवादका कारण संसदलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए । उनले सभामुख छान्न नसके आफूहरुले सभामुख दिने बताउदै संसदको गतिरोध अन्त्यका लागि संसदीय दलको बैठक बोलाउन लागिएको र चाँडै नै एउटा निर्णयमा पुग्ने जानकारी दिए ।

सभापति देउवाले संवैधानिक रुपमा एउटै पार्टीको सभामुख र उपसभामुख हुन नपाउने भएपनि संविधान विपरित कार्य भइरहेको र यसलाई सच्याउन आग्रह समेत गरे ।


Your Views
Related News