काठमाडौं, २५ असार । दृष्टिविहीन, अपाङ्ग, असहाय र असक्तहरुले बुधबार राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका छन् ।

उनीहरुले पार्टीको नभइ अब नागरिकको सरकार गठन गर्नु पर्ने र अपाङ्गता भएकाहरुका लागि छुट्टै मन्त्रालयको व्यवस्था गर्नुपर्ने लगायतका १३ बुँदे मागसहित प्रदर्शन गरेका हुन् ।

देश र जनताप्रति उत्तरदायी राज्य व्यवस्था कायम हुनुपर्ने, अपाङगता भएकाहरुको स्वास्थ्य, रोजगार, शिक्षा र बासस्थानको व्यवस्था राज्यतर्फबाट गरिनुपर्ने, ‘दृष्टिविहीनहरुको सहारा राष्ट्रको अभिभारा’ भन्ने नारा यथार्थमा परिणत गर्नुपर्ने, अपाङगता भएकाहरुलाई सडकबाट मुक्ति दिने भनाइ कार्यान्वयन गर्नुपर्ने माग उनीहरुको छ ।

प्रदर्शनमा उत्रिएका मध्येबाट १० जनालाई बार्ताका लागि भन्दै प्रहरीले भ्यानमा राखेर लिएको छ ।

प्रदर्शनका केहि तस्बिर हेर्नुहोस्-

(तस्बिर – चन्द्र आले / अनलाइन खबर)


Your Views
Related News