काठमाडौं, २ माघ । २६ औं प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आगामी २८ माघमा ३० वर्षे सेवा अवधिका कारण अवकास पाउँदै छन् । उनीसँगै तीन एआइजी र १७ डिआइजी पनि सेवाहदका कारण अवकाशको संघारमा छन् ।

सुरक्षा निकायमा नेतृत्वले अवकास पाउनु भन्दा एक महिना अघि विदामा बस्ने र आफूपछि रोलक्रममा अगाडि रहेकालाई कार्यवाहकको जिम्मेवारी दिने चलन छ । आइजीपी खनालसँगै दोस्रो र तेस्रो वरियताका उच्च प्रहरी अधिकारी समेत खनालसँगै अवकाशमा जाने भएपछि आइजीपी विदामा बस्न पाएका छैनन् ।

आइजीपी खनालसहित २९ माघ २०४६ मा भर्ना भएका ९० औं ब्याचका एआइजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात र अन्य १७ जना डिआइजीले एकै साथ २८ माघमा अवकाश पाउँदै छन् ।

रोलक्रम अनुसार खनालपछि ९० औ ब्याचमा खनाल भन्दा पछि प्रहरी निरीक्षकमा भर्ना भएका डिआइजी ठाकुर प्रसाद ज्ञवाली, तारिणी लम्साल र सुर्य उपाध्याय दाबेदार हुन् । तर, डिआईजी उपाध्याय डिआईजी बढुवामा नै पछि परिसकेकाले उनी दौडबाट बाहिरिइसकेका छन् ।


Your Views
Related News