पोखरा, २ माघ । केहि महिनाअगाडी काठमाडौंको केएमसी अस्पतालमा एक महिलाले चार जना बच्चा जन्माएकी थिइन् । फेरी त्यस्तै घटना पोखराको मनिपाल शिक्षण अस्पतालमा पनि घटेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले बिहीबार पोखराको मनिपाल शिक्षण अस्पतालमा चम्ल्याहा शिशुको जन्म दिएकी हुन् । जसमा ३ छोरी र १ छोरा रहेका छन् ।

चारैजना शिशु र आमाको स्वास्थ्य राम्रो रहेको अस्पतालले जनाएको छ । डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो ।

७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको थियो । चारै शिशु करीब डेढ केजीका रहेका छन् ।

पहिलो बच्चा छोरी (तौल १.६ किग्रा), दोश्रो छोरा (१.३ किग्रा), तेश्रो छोरी (१.३ किग्रा), चौथो छोरी (१.४ किग्रा) रहेका छन् ।

भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको तर शल्यक्रिया गर्दा चारवटा भेटिएको डा पाण्डेले जानकारी दिए ।


Your Views
Related News