जनकपुर : बीच बाटोमा पार्किङ गरेपछि मन्त्रीको गाडीमाथि कारबाही सरकारी सवारी साधन मनपरि चलिरहेका अवस्थामा प्रदेश २ मा मन्त्रीकै गाडी ट्राफिक कारबाहीमा परेको छ । ट्राफिक नियम उल्लंघन गरेपछि प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।मन्त्री उषा यादवले चढ्दै आएको ज १ झ ४३९ नम्बरको झण्डावाल गाडीलाई ट्राफिक प्रहरीले शिवचोकदेखि भानुचोकबीचमा ह्वील लक गरेको छ । नो पार्किङ लेखिएको क्षेत्रमा राखिएपछि ट्राफिकले ह्वील लक गरेको हो ।

समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढिकरण (विसु) अभियान कार्यक्रम जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा चलिरहेका बेला राज्यमन्त्री यादवलगायतको गाडी बीच बाटोमा राखिएको थियो ।मन्त्री यादवको गाडीसँगै राखिएका अन्य सरकारी गाडी पनि कारबाहीमा परेका छन् । कार्यक्रममा सहभागी केही भारतीय नम्बरका गाडी पनि कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


Your Views
Related News