काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले चीनलाई घे’रा हाल्ने उद्देश्यमा अमेरिकाले मेलिनियम च्या’लेन्ज कर्पोरेशन ‘एमसीसी’ सम्झौत अगाडि सारेको बताएका छन् । वैद्यले शनिबार एक विज्ञ’प्ति जारी गरेर पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई जमाउन र चीनलाई घेरा हाल्न हि’न्द प्रशा’न्त रणनीति अगाडि सारेको बताए ।

“पूर्वी तथा दक्षिण एशियाली क्षेत्रमा आफ्नो प्रभुत्वलाई अझै बलियो बनाउने र चीनलाई घेराहाल्ने हिन्द-प्रशान्त रणनीतिको हिस्साका रुपमा नेपालमा आफ्नो सै’न्य अ’खडा निर्माणको आधार तयार पार्नका लागि अमे’रिकी सा’म्राज्य’वादले एमसीसीलाई अगाडि सारेको कुरा स्पष्ट छ” वैद्य’को विज्ञप्तिमा भनिएको छ ।

महासचिव वैद्यले विज्ञप्तिमा आर्थिक अनुदान भन्ने भ्रम दिएर एमसीसीलाई संसदबाट पा’रित गरेर अमेरिकी सैन्य योजनालाई सफल पार्न सत्ता’प’क्ष र प्रति’प’क्ष लागिरहेको भन्दै वि’रोध जनाएका छन् । वैद्यले वि’ज्ञ’प्ति’मा भनेका छन्, “नेपाली जनतालाई ठूलो आर्थिक अनुदानको भ्र’ममा पारी सत्ता’पक्ष र प्रति’पक्ष दुबैले एमसीसीलाई संसदबाट अ’नुमो’दन गराएर अमेरिकी सै’न्य योजनालाई सफल पार्न जोड दिइराखेका छन् । यस प्रकारको स्थितिको गं’भी’रतालाई आ’त्मसा’त गरी हाम्रो पार्टीले एउटा सार्वभौम मुलुकमाथि सै’न्य अ’खडा निर्माणगर्ने अमेरिकी साम्राज्यवादी योजनाको क’डा वि’रो’ध गर्दछ ।”

उनले एमसीसीलाई संसदबाट अनुमोदन गराउन खोज्नेहरु द’लाल भन्दै रा’ष्ट्रघा’ती कार्य भनेका छन् । एमसीसी पक्षमा बोल्नेहरुलाई वैद्यले राष्ट्रिय आ’त्म’सपर्णवादी भन्दै त्यस्तो योजना सफल हुन नदिन अपील समेत गरे । उनले अ‍ेरिकाकी योजना सफल हुन नदिन सम्पूर्ण देश’भक्तहरुलाई ए’कताव’द्धा’ हुन आ’ह्वान गरे ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

राज्यबाट प्रवाह हुने सेवासँग आबद्ध गर्ने, राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उद्देश्यले काम शुरु गरिएको महानिर्देशक जोशीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो ।

शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पु¥याउन आग्रह गर्नुभयो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।


Your Views
Related News