चितवन, ०५ माघ । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवनमा आज भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।

अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आ,त्मह,त्या प्र,करणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मीद्धय लामिछाने र कँडेललाई सफाई दिएको हो ।

गत साउन ३१ गते लामिछाने र कँडेललाई न्यूज ट्वान्टी फोर टेलिभिजनकै परिसरबाट पुडासैनी आ,त्मह,त्या प्र,करणमा दुरु,त्साहन गरेको आ,रोपमा पक्राउ गरिएको थियो । यस अघि जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख रुपैयाँ र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । बिभिन्न चरणको वहस पछि आज भएको अन्तिम बहस पछि यो फैसला सुनाइएको हो ।


Your Views
Related News