काठमान्डौ ,मस्र्याङदी करिडोरबाट उत्पादित बिजुली पालुङटार नगरपालिका हुदै तनहूँको मार्किचोक सम्म पु¥याउने काममा देखिएको वि,वाद समाधानको प्रयास थालिएको छ।नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितीमा शनिवार पालुङटार नगरपालिकामा छलफल तथा अन्तरक्रिया भएको हो । अन्तरक्रिया कार्यक्रममा घिसिङसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, वायु सेवा विभागका इन्जिनियर, पालुङटार स्मार्ट सिटीका आयोजना प्रमुख,राजनितिक दल र संर्घष समितिका प्रमुख एवं प्रतिनिधी, स्थानीय लगायतको सहभागीता रहेको थियो ।

मस्र्याङदी नदीबाट उत्पादन हुने बिजुलीलाइ २२० केभी प्रशारण लाइन मार्फत पालुङटार नगरपालिका हुँदै तनहूँको मार्किचोक सवस्टेशनमा जोड्ने काममा पालुङटारवासीले बिरोध जनाउदै आएका छन् । स्मार्ट सिटिको रुपमा बिकास हुन लागेको भन्दै बजार क्षेत्रबाट लाइन बिस्तार गर्दा समस्या हुने उनीहरुको भनाइ छ ।‘ठाटीपोखरी बजारको पछाडीबाट छापथोक, बाह्रपिर्के बजार, गाइखुर, च्याङली हुदै मार्किचोकको सवस्टेशनमा लाइन जोड्ने योजना हो,’ नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले भने, ‘तर स्मार्ट सिटि बन्दैछ, प्याराग्लाइडिङ हुन्छ, बजार भित्रैबाट लाइन लादा समस्या हुन्छ भनेर स्थानीयले मान्नुभएको छैन, त्यही समस्या हल गर्न प्रवन्ध निर्देशक घिसिङ सर आउनुभएको हो ।’

मस्र्याङदी नदिकै वेसिनबाट लाइन विस्तार गर्ने योजना रहेपनि विमानस्थलका कारण सम्भव नभएको उनले बताए । ‘पालुङटार विमानस्थल संचालनमा आउने तयारी भइरहेको छ, जहाज उड्न र अवतरण गर्न समस्या हुने भएकाले त्यहाबाट लान नमिल्ने भयो अनि रुट डाइभर्ट गरेका हौ,’ उनले भने । डिटेल सर्भेको काम सम्पन्न भएर जग्गा अधिग्रहण सँगै टावर निर्माणको काम भइरहेको उनले जानकारी दिए ।स्थानीयको बिरोध पछि शनिवार भएको छलफलमा हाल तनहूँबाट पालुङटार क्षेत्रमा आएको १३२ केभी टूान्समिसन लाइनकै रुटमा समानान्तर हुने गरी २२० केभी क्षमताको लाइन जडान गर्न प्राविधिक अध्ययन गर्ने निर्णय गरिएको न्यौपानेले बताए ।

‘त्यो रुट आसपासबाटै लान मिल्ने नमिल्ने प्राविधिक अध्ययन गर्ने र नमिल्ने भएमा वस्ती क्षेत्रमा नपर्ने कोसिस गर्दै कम क्षति हुने गरी लाइन विस्तार गर्ने भन्ने सहमति भएको छ,’ उनले भने ।मस्याङदी करिडोर अन्तरगत मनाङ लम्जुङ्ग देखि उत्पादन भएका र हुने दुइ हजार मेघावाट बिजुली मार्किचोक सवस्टेशन हुदै भरतरपुर काठमाण्डौ पु¥याइने बताइएको छ । उक्त काम समयमा सम्पन्न हुन नसके सरकारलाइ अर्वाै रुपैया घाटा लाग्ने प्राधिकरणले जनाएको छ ।


Your Views
Related News