काठमाडौँ । अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर अहिले मुलुक भित्र थुपै तर्क वितर्कहरु भइरहेका छन् ।

यसैबिच लोकप्रिय नायिका तथा निर्मात्री रेखा थापाले बहुचर्चित र विबादिन एमसीसीका विषयमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै नायिका थापाले देशभक्तहरुका असली अनुहार एमसीसी सम्झौताको सवालमा देखिएको बताएकी छिन् ।

तत्कालीन माओवादी हुँदै राप्रपामा गएकी नायिका थापाले जनताले नचाहेको सहयोग लिनका लागी नेपाल गरिब नभएको उल्लेख गरेकी छिन् ।

आफ्नो स्टाटसमा रेखा खगाडी थप्छिन् ‘जनताले तिरस्कार गरेको आइपीएस, एमसीसी को कुरामा किन ढिपी गर्नु परेको होला रु जोगाए बापत कसलाई के के उत्थान र उपहार मिल्ने हो रु सोझो कुरा के हो भने नेपाल पैसा नभएर गरिब भएको होइन्। ‘ पढ्नुहोस् नायिका थापाको स्टाटस जस्ताको त्यस्तै


Your Views
Related News