काठमाडौं : सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाई एक हजार रुपैँया ज रिवाना प्रस्ताव गरेको छ । त्यसैगरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार रुपैँया जरिवाना प्रस्ताव गरिएको छ ।

मस्यौदामा ट्राफिक प्रहरीको इसारामा उल्लंघन गरेमा तीन हजार, नि,षेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार,|

सडक अनुसाशन उल्लंघन गर्ने पैदल यात्री यात्रुलाई एक हजार, मा’दक पदार्थ सेवन मा’पासे गरी सवारी चलाएमा पाँच हजार तर त्यस्तो सवारी सार्वजनिक सवारी भएमा १० हजार रुपैँया ज,रिवाना लिने व्यवस्था गरेको छ ।

विधेयक प्रावधान लागू भएमा मध्यम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्य रुपमा सुरक्षा पेटी बाँध्नु पर्नेछ । लामो र मध्यम दूरीमा सवारी दु,र्घटना बढ्दै गएपछि सरकारले सो व्यवस्था गर्न लागेको जनाएको छ ।

त्यस्तै, मोटरसाइकल तथा अन्य त्यस्तै दुई पाङग्रे सवारी चलाउँदा चालक तथा पछाडि बस्ने यात्रुले सुरक्षा टोप(हेल्मेट) लगाउनु पर्ने व्यवस्था छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।


Your Views
Related News