११ पुस, काठमाडौं । नेपाल विद्यत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वरिष्ठ आँखा चिकित्सक डा सन्दुक रुइतलाई आज ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिएको छ ।

राजधानीमा शुक्रवार आयोजित एक समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले उहाँहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गर्नुभयो । साल्ट टेडिङ कर्पोेरेशन लिमिटेडको सहयोगमा नेपाल जनप्रशासन सङ्घद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि जनही दुई लाख रुपैया रहेको छ ।

समारोहमा उपराष्ट्रपति पुनले घिसिङ र डा रुइत जस्तै सबै इमान्दार र कर्मठ भइदिए देश बन्न समय नलाग्ने बताउनुभयो । सबै प्रशासक, कर्मचारी, नेता यस्तै इमान्दार र निःस्वार्थ भइदिए देश स्वर्ग बन्ने उहाँको भनाइ थियो । उहाँले नैतिकता र जिम्मेवारी नभुल्नसमेत कर्मचारीलाई आग्रह गर्नुभयो ।

“एक जना प्रशासकले इमान्दार भएर काम गर्ने हो भने देशमा महत्वपूर्ण परिवर्तन ल्याउन सकिने रहेछ, एकजना चिकित्सक इमान्दार भए सर्वसुलभ स्वास्थ्य सेवा दिन सकिने रहेछ भन्ने कुरा प्रस्ट भएको छ, देशमा सेवारत सबैले उहाँहरुबाट शिक्षा लिनुपर्दछ”, उपराष्ट्रपति पुनले भन्नुभयो । समारोहमा दुई वर्षको सम्मान एकै पटक प्रदान गरिएको थियो ।

ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै घिसिङलाई विसं २०७३ को र आँखा उपचारमा योगदान पु¥याएको भन्दै डा रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गरिएको सम्मान छनोट समितिका संयोजक पूर्वसचिव कृष्णहरि बाँस्कोटाले जानकारी दिनुभयो ।

त्यसैगरी चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु हुँदै !
राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।


Your Views
Related News