१३ माघ २०७६, सोमबार काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल ह’टाउन र एनसेलको सिम ब’हिष्कार गर्न आग्रह गरेको छ । एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्र’तिरोध गर्ने चे’तावनी दिएको छ ।नेकपा पाल्पाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेल ‘ब’ढार्ने ज’नसंघर्ष’ को क्रममा हुने सम्भावित क्’षतिप्रति स’चेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

‘आजैका दिनदेखि घर, आँगननजिक, घरको छतमा राखिएका एनसेलका टावरहरू हटाउन र एनसेलको सिम ब’हिस्कार गर्न आम जनसमुदायलाई पार्टी हार्दिक अ’पिल गर्दछ,’ नेकपा पाल्पाद्वारा जारी वि’ज्ञप्तिमा भनिएको छ ।विप्लव स’मूहको निशानामा देशभरका एनसेल टावर पर्दै आएका छन् । त्यस्तै भोजपुरको षडानन्द नगरपालिका ४ काे मूलपानी र वडा नम्बर ८ तुगेछको सीमाना टावर डाँडा भन्ने ठाँउमा रहेको एनसेलको टावरमा आगजानी भएको छ ।आइतबार राति नचिनेकाे मानिसकाे समूहले एनसेलकाे टावरमा आगजानी गरेको षडानन्द नगरपालिकाको नगर प्रहरीले जनाएकोे छ ।

आगजनीबाट टावरमा सामान्य क्षति भएको षडानन्द नगरपालिकाका मेयर वीरबल राईले बताउनु भयाे ।पाँच/६ जनाका समूहमा आएका समूहले एनसेल टावर छेउमै रहेको कोदोको नलमा आगो लगाएको स्थानीयले बताएका छन् ।घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।त्यस्तै पाल्पामा रहेकाे एनसेल टावरमा पनि आगजनी भएकाे छ । बगनासकाली गाउँपालिका ९ काे बगनास डाँडामा रहेको एनसेल टावरमा आइतबार राति नचिनेकाे मानिसकाे समूहले आइतबार राति टावरमा आजगनी गर्दा टावर पूर्णरुपमा जलेर ध्वस्त भएको प्रहरीले जनाएकाे छ । आगजनीबाट टावरको जेनेरेटर, भीटीएस सिस्टम, जीएसएम एन्टेना, ब्याट्री प्यानल, मिटर बक्ससहित सबै तार पूर्णरुपमा जलेको छ ।

मध्यरातमा लुम्बिनीका धेरै जिल्लाहरुमा एनसेलका टावरमा आगजनी भएको समाचार प्राप्त भएको छ ।प्राप्त स्रोतका अनुसार साविक लुम्बिनी अञ्चलका कपिलवस्तुस्थित बाणगंगा नगरपालिका १० मेचकुरि,रुपन्देही जिल्लाको शुद्धोधन गाउपालिका सिसईमा रहेको टावर, त्यस्तै अर्घाखाँची नगरपालिकाको जुकेना,गुल्मीको धुर्कोट गाउपालिकास्थित कोट, नवलपरासी जिल्लाको पाल्ही गाउपालिकास्थित रहेको टावर, पाल्पाको बगनासकाली गाउँपालिका ९ बगनास डाडा,नवलपुर जिल्लाको कावासोति १७ बगनौलि र बुङ्दिकालि गाउँपालिकाको रपुवामा एनसेलका टावरहरुमा आगजनी भैइ ध्वस्त भएका छन ।

आगजनीको कारण टावरको जेनेरेटर,विटिएस सिस्टम,जिएसएम एन्टेना,ब्याट्री प्यानल,मिटर बक्स सहित तार पुर्णरुपमा जलेका छन, घटना विप्लब नेतृत्वको नेकपाले गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।घटनाको बारेमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ । एनसेलमा कर नतिरेको भन्दै यस अगाडी पनि पटकपटक आक्रमण हुँदै आएको छ ।


Your Views
Related News