आजको राशिफलवि.सं.२०७६ साल माघ १४ गते । मंगलबार । ईश्वीसन् २०२० जनवरी २८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिरऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– चतुथी, अहोरात्र । नक्षत्र–शतभिषा,०३ घडी ०८ पला,बिहान ०८ बजेर १० मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग–परिध,४९ घडी १० पला,रातको ०२ बजेर ३५ मिनेट उप्रान्त शिब । करण–वणिज,बेलुकी ०७ बजेर ३५ मिनेट उप्रान्त भद्रा, । आनन्दादिमा–मृत्ययोग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर ५४मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३९ मिनेट । दिनमान २६ घडी ५१ पला । पञ्चक ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानोप्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ ।सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुकोहरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भईस्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयकोप्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथाभविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममानजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालनव्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

प्रशासनिक काम गर्दाध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनितिगर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्यालगर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राकोअधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वासपैदा हुँन सक्छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

काम गर्नेबिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउनेतथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामाप्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगलेसताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबकोसिर्जना हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउँने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथासवारि साधन जोड्न सकिनेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरागर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँगसहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउँन सकिनेछ ।

कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

मामा तथा मावली पक्षबाट तपाईको काममा भरपुरसहयोग पाईने योग रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछभने पति पत्निबिच मायाको डोरो कसिनेछ ।तपाईको कुभलो साध्ने तथा सत्रुता राख्नेहरु आफै किनारा लाग्नेछन् । न्यायिक निकायबाटहुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । पुराना तथा थाति रहेका कामहरुसाथिभाईहरुको सहयोगमा समयमानै सकाउँन सकिनेछ भने लेनदेनका मुद्दाहरु सल्टाउँन सकिनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तमरहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममाएक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यलेसाथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोगगर्दा ध्यान दिुनहोला सामान्य चोटपटक लाग्न सक्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहिरुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदामात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभलिन सकिनेछ । महत्वपुणकाम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् ।समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थितिखस्कनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धनसम्पति कमाउँन सक्नेछन् भने थप लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ ।खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । मायाप्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाईलेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रातथा परिणाममुखि काम गर्न सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईकोप्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णयगर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आलोचना गर्न बिपक्षीहरु तम्तयार भएरबसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको घमण्डी स्वभावले टाडिन सक्छन् ध्यानदिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापारव्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथादैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुकोप्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्नभोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमाचाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लामो दुरिको बिदेश यात्रा हुनेछ भने बिदेशमा बसेरअध्ययन तथा काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ । स्वदेशमा उत्पादीत सामानको व्यापारमाकेहि मन्दि आउने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । अध्ययनतथा अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । प्रेम सम्बन्धमा एक अर्काको भावनानबुझ्दा चिसोपनाको सुरुवात हुन सक्छ ध्यान दिनुहोला ।

तपाईकोदिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।


Your Views
Related News