राष्ट्रिय टिमकी फरवार्ड सावित्रा एक्लैले गरिन् ५ गोल

काठमाडौं। नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी अर्थात साम्बाले भारतमा भइरहेको हिरो इन्डियन वुमन्स लिगमा लगातार गोल गर्दा उनको टिम गोकुलम केरलाले लगातार दोस्रो जित हात पारेको छ।

सावित्रा एक्लैले ह्याट्रिकसहित पाँच गोल गरेपछि गोकुलमलले केन्क्रे एफसीलाई १०-१ ले पराजित गरेको हो । बैंगलोर पुटबल स्टेडियममा मंगलवार भएको खेलमा सावित्राले खेलको सातै मिनेटमै पहिलो गोल गरेकी थिइन्।

यस्तै १९औं मिनेटमा दोस्रो गोल गरेकी सावित्राले पहिलो हाफको इन्जुरी टाइममा ह्याट्रिक पूरा गरिन् । यस्तै ४८औं र ६१औं मिनेटमा गोल गरिन्। गोकुलमका लागि करिस्मा शिर्भोइकरले पनि ह्याट्रिक गरिन् ।

उनले खेलको तेस्रो मिनेट १७औं र ५१औं मिनेटमा गोल गरिन् । यस्तै मनिसाले २०औं र ३०औं मिनेटमा गोल गरिन्।
लगातार दोस्रो जितपछि गोकुलम समूह बी मा ६ अंकसहित शीर्ष स्थानमा उक्लेको छ।


Your Views
Related News