कोरिया स्थित नेपाली दुतावासले अन्य देशको तुलनामा अबैधानिक कामदार घटाउनेमा नेपाल पहिलो स्थानमा रहेको बताएको छ l गत आइतबार सियोल स्थित नेपाली दुतावासमा कोरियामा रहेका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा उपनियोग प्रमुख किरण शाक्यले सो कुरा बताएका हुन् l

पछिल्लो समय अबैधानिक कामदारको संख्यामा केहि बृद्दी हुन थालेपछि नेपालको कोटा कम हुन सक्ने चेतावनी समेत आफुलाई आएको बताउदै शाक्यले यस्तो हुन नदिन दुतावासले अलि कडा कदम चालेको पनि बताए l
कार्यक्रममा दुतावासको तर्फ देखि उपनियोग प्रमुख किरण शाक्यले बार्षिक गतिबिधि प्रस्तुत गर्दै आफ्नो कार्यकालमा रेमिट्यान्स ५ प्रतिशत बाट बृद्वी भै हाल ४० प्रतिशत सम्म पुगेको बताए l दुइदेशबीचको मैत्रीपूर्ण सम्बन्ध बिस्तार तथा नेपाल भ्रमण बर्ष २०२० लाइ सफल बनाउन दुतावासको तर्फदेखि गरिएका बिभिन्न कार्यक्रमहरुको बारेमा समेत जानकारी दिए l नेपाली बिधार्थीका समस्या न्युनिकरणको निमित्त आफुले गरेका बिभिन्न गतिबिधिहरुको बारेमा बताउदै शाक्यले कतिपय विश्वविधालयको लागि सिफारिस समेत रोकेको बताए l

कोरियामा रहेका नेपालि संघ -संस्था संगको समन्वयमा दुतावास कहिँ कतै चुकेको हो कि भन्ने प्रश्नमा शाक्यले नेपाल सरकारको निर्देश बमोजिम उपस्थित हुनै पर्ने कार्यक्रमहरुमा आफुहरु उपस्थित भएको बताए l हाल दुतावासमा कर्मचारीको संख्यापनि निकै कम भएको कारण कुनै- कुनै कार्यक्रमा चाहेर पनि उपस्थित हुन नसकेको बताउदै दूतावास संघ- संस्था प्रति नकारात्मक नभएको बताए

त्यस्तै उक्त कार्यक्रममा श्रम कन्सुलर डिल्लीराम बास्तोलाले आफ्नो कार्यकालमा नेपाली श्रमिकलाइ लक्षित गर्दै गरिएका कार्यक्रमहरुको बारेमा जानकारी दिए l “श्रमिकलाई अफ्थ्येरो पर्दा दुतावसको फोन उठ्दैनरे नि त ?” भनि राखेको एक प्रश्नमा कन्सुलर बास्तोलाले “मैले मेरो मोबाइलमा आएका फोनकलहरु जुनसुकै बेला पनि उठाउने गरेको छु “l कोरियामा धेरै श्रमिकलाइ आझै पनि यो कुरा थाहा रहेनछ कि हाल दुतावस शुक्रबार बन्द रहन्छ भने आइतबार खुल्छ l त्यसकारण शुक्रवार दुतावासको नम्बरमा गरिएको फोन नउठेको पनि हुन् सक्छ भन्दै उनले मिडियामार्फत अझै पनि नेपाली श्रमिकहरुलाइ उक्त कुराको जानकारी गराउन अनुरोध गरे l
त्यसैगरी हालचालै कार्टुनमा बेरेर शव नेपाल पठाइयो भन्ने केहि मिडियामा आएको समाचारको कडा रुपमा खण्डन गर्दै कोरियाको कानुनमै एस्तो नभएको बताए l परिवारको तर्फ देखि पनि उक्त बिषयमा कुनै गुनासो वा उजुरी नआएको बताउदै यस्तो वाइघात समाचारको पछी नलाग्न समेत आग्रह गरे l

पछिल्लो पटक नेपाली श्रमिकले परिवार ल्याउन मिल्ने भन्ने वारेमा सोधिएको प्रश्नमा बास्तोलाले यो बारेमा आफुले निकै पहल गरेतापनि कोरियाको कानुनमै नभएको कारण अफ्थ्येरो परेको बताए l दुइ तीन महिनालाई भ्रमण भिसामा ल्याउन चाहेमा दुतावासको तर्फदेखि परामर्स सेवा उपलब्ध हुने जानकारी दिए l

कोरियामा रहेर बिभिन्न मिडियामा आबद्व करिब २ दर्जन पत्रकार हरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कोरियामा रहेका नेपालि श्रमिकका समस्या तथा समाधानका उपायहरु l दुतावास र संघ संस्था बिचको सहकार्यता l बिधर्थिका समस्या र समाधानका उपायहरु l पर्यटन प्रबर्धनमा दुतावसको भूमिका , रेमिट्यान्समा बृद्दी लगाएतका बिषयमा छलफल भएको थियो l दुतावासले पनि आफ्नो तर्फदेखी गरिएका बिभिन्न गतिविधिको बारेमा समेत जानकारी गराएको थियो l


Your Views
Related News