काठमाडौ। ज्ञानेन्द्र शाही सुशासनका विषयमा खबरदारी गर्छन । नेताहरुले देश व्यवस्थापन गर्न नसकेको संगीन आरोप लगाउँछन । गणतन्त्रले नेता, कार्यकर्तालाई रोजगारी दिए पनि मुलुकका लागि अभिषाप बनेको शाहीको बुझाइ छ । उनी भन्छन– ‘प्रधानमन्त्रीको काम आफ्ना आठ लाख भेडे, झोले कार्यकर्तालाई पोस्नु हो । त्यसबाहेक जनतालाई प्रत्याभूति हुने कुनै काम हुन सकेको छैन ।’

मुलुकको अर्थतन्त्र टाट पल्टिँदै गएको छ । बजारमा पैसाको चरम अभाव छ । उद्योगधन्दा कलकारखानाको सट्टा कार्यकर्ताको उत्पादन बढ्दो छ । राजनीतिले जनता छोएको छैन । लुटतन्त्रले समृद्धि ओझेलमा पारेको छ । किताब पढेका बौद्धिक मानिस छन, जो नेता खुसी बनाउन असत्य मात्र बोल्छन् । ज्ञानेन्द्र शाही समस्या शासकको प्रवृत्तिमा देख्छन् । उनी भन्छन– ‘मुलुकको कार्यकारी प्रमुख केपी शर्मा ओली नै भ्रष्टाचारीको संरक्षक भएर रहनु भएको छ ।’

सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको बुझाइमा सत्ता र शक्ति दाहिना भएपछि नियम कानुन मान्नु पर्दैन । यहाँ हुनेखाने र हुँदाखानेलाई फरक फरक नियम कानुन लाग्छ । उनको प्रश्न छ– ‘खुल्लामञ्चमा पाँच हजार मानिस मा’रेको स्वीकार्नेलाई जे’ल किन नहाल्ने ? अरु सर्वसाधारणले यही स्वीकारोक्ति गरेको स्थितिमा तिनीहरुको भविष्य कस्तो हुन्छ ? सम्झौताले संविधानमाथि राज गर्न मिल्छ ?’

आ’लोच’कहरु भन्छन– ज्ञानेन्द्र शाही नेपालको संक्रमणकाली राजनीतिका एउटा गुरिल्ला मार्केटिङ गर्ने व्यक्ति हुन । जो बजारमा खपत हुने विषयमा आफ्ना गतिविधि केन्द्रित गर्छन । जो कर्तव्यभन्दा पनि नारामा आफ्नो भविष्य देख्छन् । तर शाही आफूले नागरिक कर्तव्य निर्वाह गरेको बताउँछन् । ज्ञानेन्द्र शाही अमेरिकी अनुदान एमसीसी स्वीकार्नु हुन्न भन्ने मान्यता राख्छन् ।

यो पैसा नेपालको सार्वभौमिकता बन्धकी राखेपछि प्राप्त हुने अनुदान हो भन्ने उनको निष्कर्ष छ । उनी भन्छन– ‘एनसेललाई ब्याजसहित पैसा तिराउने हो भने त्यसको डबल पैसा स्वदेशमा प्राप्त हुन्छ । तर अमेरिकी अनुदानका नाममा आउने भनिएको त्यो पैसाले देशको स्वाभिमान गिराउने काम गर्छ । नेपाल र नेपालीको साख नै नरहेपछि आउने पैसाको के अर्थ रहन्छ ?’

नेपालको आर्थिक उन्नतिको सूत्र के हो ? उनी भन्छन– ‘भारत र चीनबीच आपसी मित्रताको डोरी जति दरिलो कस्न सक्यो, नेपालको भविष्य उति नै उज्यालो छ । त्यसैले नेपालले त्यो दिशामा आफूलाई केन्द्रित गर्नुपर्छ ।’ जनताको सामाजिक सुरक्षाको अवस्था जर्जर रहेको तर्क गर्ने ज्ञानेन्द्र शाही आफू खुकुरीको धारमा हिँडिरहेको बताउँछन् । चितवनमा आफूमाथि राज्य नै लागेर आक्रमण गरेको त्यसको न्याय अझै नपाएको बताउँछन् ।

उनी प्रश्न गर्छन– ‘एउटा अवोला जनताको अवस्था के होला ?’ मुलुकको आर्थिक, राजनीतिक र सामाजिक अवस्था बिग्रिनुको कारण पनि राज्यसंयन्त्रमा संगठित डकैती हो । ज्ञानेन्द्र शाही मूलप्रवाहको राजनीति किन गर्दैनन ? हो उनले आफू कुनै न कुनै रुपमा राजनीतिमा संलग्न हुन लागेको घुमाउरो शैलीमा स्वीकारे । यद्यपि त्यो सतहमा रहेका दल वा अन्य बारे ठेगानमा पुगिनसकेको बताए । तर वित्तीय अनुशासनका विषय आफ्नो राजनीतिक गन्तव्य भएको भन्न उनले छुटाएनन ।


Your Views
Related News