मानेभंज्याङमा मोहीको झोल र मकैको आटो खाएर हुर्केकी राष्ट्रपति भण्डारीले विमानस्थलमा समेत सोफा छोड्न सकिनन्,
काठमाडौँ। पत्रकार, लेखक एवम् विश्लेषक दिल निशानी मगरले राष्ट्रपति बिद्यादेवी भण्डारीले बिमानस्थलमा समेत सोफा छाड्न नसकेको बिषयमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । राष्ट्रपतिले हेलिप्याडमै सोफामा बसेको फोटो भाईरल बनिरहेका बेला दिल निशानीले व्यंग्य कसेका हुन् ।

उनले सामाजिक संजालमार्फत भोजपुर मानेभंज्याङमा मोहीको झोल र मकैको आटो खाएर हुर्केकी राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा समेत सोफा छोड्न सकिनन्, भन्दै बेलायती राजकुमार ह्यारीले आफ्ना श्रिमती मेघन र छोरा सहित बर्मिङ्गघम दरबारबाट राजकीय पद त्यागेरै निस्केको घटनासँग जोडेका छन् ।

सामाजिक संजालमा कसैको समर्थन र कसैको तीब्र बि’रो’धमा निस्केर चर्चा कमाएका दिलनिशानीले राष्ट्रपति भण्डारीमाथी तीखो व्यङ्ग बाणँ प्रहार गरेका छन् । राष्ट्रपति भण्डारी यसअघि कहिले विलासी सवारी त कहिले राष्ट्रपति कार्यालयमा कार्यरत कर्मचारीका कारण वि’वा’दमा आउदा चुईक्क नबोलेका दिलनिशानीले यसपटक भने राष्ट्रपतिलाई निशाना बनाएका हुन् ।

उनी भन्छन्, बेलायती राजकुमार ह्यारीले आफ्ना श्रिमती मेघन र छोरासहित बर्मिङ्गघम दरबारबाट राजकीय पद त्यागरे निस्के। भोजपुर मानेभंज्याङमा मोहीको झोल र मकैको आटो खाएर हुर्केकी राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा समेत सोफा छोड्न सकिनन्। यसैलाई भनिन्छ, नपाउनेले केरा पायो बोक्रा संग खायो।

सामाजिक सञ्जालमा उनले दिएको अभिव्यक्ती।


Your Views
Related News