सम्बादाता : प्रस्तित मगर

नेपालको चर्चित सिङगिङ रियालिटी शो “द भ्वाईश अफ नेपाल सिजन -२” दुबई आऊने भएका छन । हप्ता दिन भरी काम गरेर थाकेका नेपालीलाई थकाई कम गर्नको लागी यहीँ आउदैँ फ्रेबुअरी २८ तारिक शुक्रबारको दिन युएईमा हुन गइरहेको गोर्खाली नाइट-२ नामक साँस्कृतिक कार्यक्रम ले आयोजना गरेको छ।

“द भ्वाईस अफ नेपाल सिजन-२” का बिजेता राम लिम्बु सँगै साथमा टप ४ फिनालिस्ट आरिफ राआे, बिकाश लिम्बु, र सनिश श्रेष्ठ सहित टप टेन प्रतियोगी अन्जु राना मगर पनि युएई आउदैँछ्न् ।

युएईमा लामो समय देखि बस्दै आएका समाजसेवी मनोज गोर्खाली र मदन अधिकारीको आयोजनामा हुन गइरहेको उक्त गोर्खाली नाईट ले केही समय अगी नेपाल आईडल सिजन २ का बिजेता रबि ओड सँगै आईडलका टिम दुबई आईसकेका छन ।

द भ्वाईश अफ नेपाल का होस्ट सुशील नेपाल संगै चर्चित डान्स रियालिटी सो बुगि बुगि कि बिजेता कबिता नेपाली, हाँस्यकलाकार तथा स्टेण्डप कमेडियन सुबोध गौतम र लोकप्रिय गित” फुल होईन काडा ” कि गायिका प्रबिसा अधिकारी पनि युएई आउदैछ्न ।

भने अन्य थुप्रै कलाकारहरु पनि कार्यक्रममा उपस्थित हुने कुरा आयोजक टिमले बताऊनु भएको छ।
बरदुबई स्तिथ होटेल क्लब एभरेस्टमा यहि फ्रेबुअरी २८ शुक्रबार दिनको ३:०० बजेबाट सुरु हुने छ ।


Your Views
Related News