कोरोना भाइरस लडाईंमा चीन विजयी, ७२ जना डिस्चार्ज…हेर्नुहोस!

काठमाडौँ । चीनमा कोरोना भाइरसबाट संक्रमित ७२ जना मानिसलाई निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

अन्तराष्ट्रिय मिडियाका अनुसार अस्पताल भर्ना भएका उनीहरुमा भाइरसको लक्षण देखा पर्न छोडेपछि डिस्चार्ज गरिएको बताइएको छ ।

एनएचसीका अनुसार संक्रमित व्यक्तिको शरीरको तापक्रम कम्तिमा तीन दिनसम्म सामान्य दायरामा रहेमा र दुई पटकसम्मको न्यूक्लिक एसिड परीक्षणमा नकारात्मक परिणाम देखिएमा बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ ।

चीनमा अहिले सम्म २५९ जनाको मृत्यु भइसकेको बताइएको छ । यस्तै ११ हजार बढी मानिसमा संक्रमण भेटिएको छ । चीन हाल कोरोना भाइरससित लडिरहेको छ ।


Your Views
Related News