बेइजिङ : चिनियाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक माको ‘ज्याक मा फाउन्डेसन’ले कोरोना भाइरसविरुद्धको खोपका लागि १ करोड ४४ लाख अमेरिकी डलर दिने घोषणा गरेको छ ।अनुसन्धान गरी नयाँ खोपको विकास गर्न सो रकम अनुदान दिने ज्याक मा फाउन्डेसनले जनाएको हो । फाउन्डेसनले यो अनुदानले मानवीय सहयोग हुने विस्वास लिएको छ । यद्यपि खोप निर्माण गरी विश्वव्यापी रुपमा खोप वितरण गर्नु चुनौतीपूर्ण रहेको फाउन्डेसनको भनाइ छ ।अलिबाबा समूहले यसअघि नै चीनलाई चिकित्सा सेवाका लागि १ अर्ब चिनियाँ युआन दिने घोषणा गरिसकेको छ ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको प्र’कोप बढिरहेको छ । कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म ज्यान गु’माउनेको सङ्ख्या तीन सय चार पुगेको अधिकारीहरुले जनाएका छन् । त्यस्तै स’ङ्क्रमित हुनेको सङ्ख्या १४ हजार नाघेको चीन सरकारले बताएको छ । तीन सय ३० जना उपचारपछि पूर्ण रुपमा निकाे भएर घर फर्किएकाे चिनियाँ अधिकारीहरुले दाबी गरेका छन् । अमेरिका र अस्ट्रेलियाले कोरोना भाइरसको प्र’कोपलाई मध्यनजर गर्दै पछिल्लो दुई हप्ता चीन भ्रमणमा गएका विदेशी नागरिकलाई आफ्नो देश प्रवेश गर्न रो’क लगाएका छन् ।

अमेरिका र अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई भने १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालेका छन् ।रुस, जापान, पाकिस्तान र इटलीले यसअघि नै यस्तै यात्रा प्र’तिबन्ध लगाइसकेका छन् । विश्वका धेरैजसो देशहरुले आफ्ना नाकामा स्वास्थ्य जाँच सुरु गरेका छन् । तर विश्व स्वास्थ्य स’ङ्गठन (डब्ल्यूएचओ) का अधिकारीहरूले भने अमेरिका र अस्ट्रलियाको यस्ता उपायवि’रुद्ध छन् ।विश्व स्वास्थ्य स’ङ्गठनका प्रमुखले शुक्रबार भनेका थिए, ‘यात्रा प्र’तिबन्धका कारण सूचना आदानप्रदान र मे’डिकल आपूर्ति संयन्त्रमा अ’वरोध पुग्नुका साथै अर्थतन्त्रमा क्ष’ति पुर्‍याउन सक्छ ।’

विश्व स्वास्थ्य सङ्गठनले सीमा वारपार गर्ने ठाउँमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ । सीमा बन्द गरेपछि यात्रुहरू अनाधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने विश्व स्वास्थ्य स’ङ्गठनको चेतावनी छ ।शनिबार वुहानमा मात्रै ४५ जनाको ज्या’न जानुको साथै एक हजार ९ सय २१ जना नयाँ स’ङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना स’ङ्क्रमितको सङ्ख्या १३ हजार पुगेको बताएको छ तर हङकङ विश्वविद्यालयले गरेको अध्ययनअनुसार हुबेईमा मात्र ७५ हजार स’ङ्क्रमित रहेको प्रतिवेदन शनिबार सार्वजनिक भएको थियो ।


Your Views
Related News