नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले अमेरिका र ओमानसँग हुन लागेको त्रिकोणात्मक क्रिकेटमा प्रतिविकेट आफूले ८ हजार ८४८ रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंशगालालाई सहयोग गर्ने घोषणा गरेका छन्।

आगमी फेब्रुुअरी २ देखि १२ सम्म नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक क्रिकेट हुँदैछ। जसमा नेपालले ४ खेल खेल्नेछ।

सन्दीपले प्रत्येक खेलमा जति विकेट लिन्छन् प्रतिविकेटको हिसाबले उनले ८ हजार ८४८ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसन अन्तर्गत निर्माणाधीण गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गरेका हुन्।

उनले धुर्मुस र सुन्तलीको परियोजना चाँडै पुरा हुने ट्वीटमार्फत् विश्वास व्यक्त गरेका छन्।


Your Views
Related News