काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समितिमा उठेको जवाफ दिने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा जारी गर्न निर्देशन दिइसकेको बताएका हुन् । उनले अब छिट्टै सरकारले नयाँ नक्सा जारी गर्न लागेको समेत जानकारी दिएका छन् ।

भारतले नेपाली भूमिसमेत समेटेर बनाएको नक्सा अश्वीकार गर्ने सरकारको निर्णयलाई बैठकले स्वागत गरेको र नेपालको पनि राजनीतिक तथा प्रशासनिक नक्सा बनाएर लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्न नेकपाले भनेको छ ।


Your Views
Related News