काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीे (नेकपा)को केन्द्रीय कमिटीको बैठक जारी छ । विभिन्न समुहहरु बनाएर छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधनको क्रममा नेकपाको सरकार आएपछि भ्रष्टाचार कमी आएको दाबी गरिरहँदा केन्द्रीय सदस्यहरूले भने नेताहरूकै सम्पत्ति छानविन गर्नुपर्ने माग राखेका छन् । नेकपाको नेताहरूले नै थोरै समयमै धेरै सम्पत्ति जोडेको हुनाले त्यस्तो सम्पत्तिमाथि छानविन गर्नुपर्ने केन्द्रीय सदस्य सुरेशकुमार राईले माग गरेका छन् ।

अवैध काममा समेत नेताहरुको संलग्नता भएको आरोप लाग्ने गरेको हुनाले त्यस्तो क्रियाकलाप रोक्नको लागि भए पनि नेताहरुको सम्पत्ति छानविन गर्नुपर्ने उनको धारणा छ । उनले भने, ‘प्रधानमन्त्री ज्यू भ्रष्टाचार रोक्न हो भने पहिला तपाई, क. प्रचण्ड र प्रतिपक्षी दलका नेता शेरबहादुुर देउवाको सम्पतिमा थि छानविन हुनपर्यो ।

नेकपा प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले प्रतिवेदन पेश गर्दै पार्टी नेतृत्वदेखि सरकारसम्मको सोचेअनुरुप कुनै काम गर्न नसकेको प्रष्टाए| प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले विकास निर्माणबारे बोलेको कुरा कार्यान्वयनमा ल्याउनन नसकेको भन्दै शाहा नेतृत्वमाथि खनिएका थिए ।

संघीयतापछि तीन तहको सरकार निर्माण भए पनि जनताले सोचअनुरुप कुनै काम गर्न नसकको केन्द्रीय सदस्य कमला रोकाले बताइन् । बैठकका बोल्ने क्रममा तीन तहको सरकार निर्माणपछि जनताले थप दुख पाएको औँल्याइन्। स्थानीय सरकार निर्माण भएपछि पालिकास्तरबाटै झन् ठूलो भ्रष्टाचार निम्तिएको उनको भनाइ छ।


Your Views
Related News