२५ माघ २०७६, शनिबारकाठमान्डौ , को,रोना भा,इरसको प्र,कोप फैलिएर चीनले नाका ब’न्दगरेपछि नेपाली सेनाको हेलिकप्टर संखुवासभाको किमाथांका पुगेको छ ।

चीनले किमाथांका नाका ब’न्द गरिदिएपछि खाद्यान्‍न अ’भाव भएको सो क्षेत्रमा सेनाको हेलिकप्टर खाद्यान्न बोकेर पुगेको हो ।

खाद्यान्न सं’कट टार्न सेनाको खाद्यान्न बोकेको हेलिकोप्टर शनिबार बिहान भोटखोला गाउँपालिका–१ किमाथांकामा पुगेको हो । हेलिकप्टरमार्फत चामल, नुन ,तेल, दाल लगायतका खाद्य सामग्री किमाथांका लगिएको हो ।

हेलिकप्टरमा ६ हजार ३५० किलोग्राम चामल, ३ सय किलो नुन, १८० किलो तेल, ६ सय किलो मकै लगायतका खाद्यान्न ढुवानी गरिएको छ ।

किमाथांकाका ८६ घर परिवार, सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, प्रहरी चौकी, स्वास्थ्य चौकीलगायत कार्यालयका कर्मचारीले खाद्यान्‍न अ,भाव भोगिरहेका छन्‌ । चीनले माघ ५ गतेबाट अनिश्चितकालका लागि किमाथांका नाका ब’न्द गरेको छ ।


Your Views
Related News