काठमाडौं : नेपाली सेनामातहत छुट्टै गुप्तचर विभाग बनाउने गरी सरकारले सैनिक ऐन संशोधन विधेयक संसद सचिवालयमा दर्ता गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका तर्फबाट शुक्रबार संसदमा सचिवालयमा दर्ता गरिएको विधेयकमा सैनिक गुप्तचरीलाई सशक्त बनाउन छुट्टै विभाग गठनसहितको नियमावली बनाउने प्रस्ताव रहेको छ ।

ऐनको दफा १४३ को खण्ड (ढ)मा प्रस्ताव गरिएको नयाँ व्यवस्थाअनुसार इन्टेलिजेन्स (गुप्तचर) सेवा गठन तथा सञ्चारसम्बन्धी विषय तथा इन्टेलिजेन्स काममा खर्च भएको रकम, रिभल्भिङ फन्ड (सुराकी खर्च)बाट खर्च भएको रकम र भैपरी आउने कामका लागि भएको रकम मिनाहासम्बन्धी विषय भन्ने उल्लेख छ ।

राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को अनुरोधलाई नसुनी सरकारले सेनाभित्र शक्तिशाली गुप्तचर विभाग गठन गर्ने गरी सैनिक ऐन २०६३ संशोधन गर्न लागेको हो। याे समाचार कान्तिपुर दैनिकमा छ ।


Your Views
Related News