चितवन, चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सव मार्फत मकवानपुरको मनहरी गाँउपालिकाले सहयोगको घोषणा गरेको छ ।

आज (सोमबार) महोत्सव स्थल पुगेका गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले रंगशाला निर्माणका लागि सय टिपर गिट्टी,बालुवा र एक हजार क्यूफिट काठ दिने घोषणा गरेको उपमहासचिव आरसी अधिकारीले जानकारी दिए ।

उनले सोमबार अन्तिम दिन पनि रंगशाला निर्माणका लागि सहयोग गर्नेहरुको उल्लेख्य उपस्थिति रहेको बताए ।चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी धनधान्याचल महोत्सव सोमबार सकिएको छ ।

महोत्सवबाट ५५ करोड बढि आर्थिक संकलन भएको बाग्मती प्रदेशका सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए ।करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।


Your Views
Related News