चितवन, गैरआवासीय नेपाली संघ (एनआरएनए)का सल्लाहकार सोम सापकोटाले आफ्नी आमाको चौरासी पूजाको खर्च कटौती गरेर चितवनमा निर्माण भैरहेको क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् ।

भरतपुरमा निर्माण भैरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सापकोटाले ८५ वर्षीया आफ्नी आमा तुलसी सापकोटाको तर्फबाट २ लाख ५५ हजार रुपैयाँ नगद दान गरे ।चितवनको मात्र नभएर देशकै गौरबसँग जोडिएको रंगशाला निर्माणमा सबै पक्षबाट आर्थिक सहयोगको अपेक्षा गरेर आफुले चौरासी पूजाको रकम कटौती गरेर रंगशाला निर्माणमा सहयोग गरेको उनले बताए ।

भरतपुर महानगरपालिका ४, धर्मचोकका स्थायी बासिन्दा सापकोटाले रंगशाला निर्माणका लागि सबै क्षेत्रबाट थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

रंगशाला निर्माणका लागि आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखि धनधान्याचल महायज्ञ चलिरहेको छ ।महायज्ञको प्रमुख कथावाचक पण्डित दिनबन्धु पोखरेल रहेका छन् । आइतबारसम्म झण्डै ३५ करोड रुपैयाँ संकलन भैसकेको छ ।


Your Views
Related News