काठमाडौं, २७ असार । मिरुना मगरको चलचित्र ‘साइनो’को ट्रेलर रिलिज गरिएको छ ।

साउन २४ गतेबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलर आज सार्वजनिक गरिएको हो ।

हुन त चलचित्र क्षेत्रमा मिरुना मगर धेरै सुनिने नाम भए पनि उनले अभिनय गरेका चलचित्रले अहिलेसम्म बक्स अफिसमा त्यती राम्रो व्यापार गर्न सकेको छैन् ।

तरपनि उनको कलामा देखिएको क्षमताका कारण एकपछि अर्को गर्दै चलचित्र पाइरहेकी छिन् । छोटो समयमै चर्चामा आएकी मिरुना अहिले दुई चलचित्र रिलिजको पर्खाइमा छिन् । एक ‘साईनो’ र अर्को ‘चचहुइ’ ।

यी चलचित्रबाट उनले बक्स अफिसमा राम्रो छाप छोड्ने अपेक्षा गरेकी छिन् ।

मिरुना मगरको केहि पोज हेर्नुहोस् –


Your Views
Related News