काठमाडौं । कोरोना भा,इरसको उ,द्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उ,द्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो ।वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वा,स्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चि,कित्सकसहितको टोली चीन गएको थियो । र, १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३: ३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ ।विमानस्थलमा आइपुग्दा उनीहरु खुसी देखिन्थे ।

कोरोना भा,इरसको उ,द्गमस्थल चीनकाे हुबेई प्रान्तबाट ल्याइएका नेपालीहरुलाई भक्तपुरस्थित खरिपाटीमा बनाइएको ‘क्वारेन्टाइन’मा पुर्‍याइएको छ ।उनीहरुलाई एउटा एम्बुलेन्स र पाँचवटा ठूलो बसमा सु,रक्षाकर्मीले स्कटिङ गरेर विमानस्थलदेखि खरिपाटीसम्म पुर्‍याएका हुन् ।क्वारेन्टाइन लैजानुअघि विमानस्थलमा अ,वतरण भएपछि उनीहरुको स्वास्थ्य अवस्था जाँचिएको थियो ।उ,द्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।वुहानमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, ६ क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १६ चिकित्सकसहितको टोली चीन गएको थियो ।

नेपाल फर्किन दूतावासमा निवेदन दिएकामध्ये १० जना चीनमै रोकिएका छन् । बेइजिङस्थित नेपाली दूताबासकाे अनुसार चारजनाले उतै बस्ने जनाएका छन् । फर्किन तयार ६ जनामा शरीरको तापक्रम बढी देखिएपछि आउन पाएनन् ।क्वारेन्टाइनमा उपयोग गरिने तालिम केन्द्रका भवन, कोठा, प्रयोग गरिएका सामानको उचित स,ङ्क्रमण रो,कथाम व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा रहँदा विद्यार्थीको नियमित स्वा,स्थ्य जाँच गरिने र कसैलाई रोग लागेको श,ङ्का हुनासाथ उ,पचारका लागि अ,स्पतालमा आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ ।

क्वारेनटाइनमा दुईवटा भवनमा पुरुष, एक वटा रातो भवनमा र महिला निर्देशकको क्वाटरमा एक जना डाक्टर र एक जना नर्सलाई राख्ने गरी व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा बस्नेकाहरूका प्रत्येक दिन ज्व,रो नाप गरिने र ज्व,रो एवं रु,घा लागेमा तत्कालै एम्बुलेन्समा हालेर टे,कु अ,स्पताल लैजाने व्यवस्था गरिएको बताइएको छ । कवारेन्टाइनमा राखिएकालाई २ सातासम्म अभिभावकले भेट्न पाउने छैनन् ।


Your Views
Related News