काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् ।

उनी अ,दालतको फैसलापछि सोमबार नै रिहा भएका थिए । महरा ३० दिन प्रहरी हि,रासत र १०३ दिन डिल्लीबजार का,रागारमा बसेका थिए ।

“म ३० दिन प्रहरी हि,रासत र १०३ दिन डिल्लीबजार का,रागारमा बसी त,थाकथित आ,रोप खेपेको छु,” विज्ञप्ति जारी गर्दै महराले भनेका छन् ।

यस्तो छ महराले जारी गरेको विज्ञप्तिः

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु,

अन्ततः म माथि लगाइएको आ,रोप गलत सावित भएको छ । सम्मानित अ,दालतले मलाई नि,र्दोष ठहर गर्दै सफाइ दिएको छ । म सम्मानित अ,दालतप्रति बिशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु । यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।

म ३० दिन प्रहरी हि,रासत र १०३ दिन डिल्लीबजार का,रागारमा बसी त,थाकथित आ,रोप खेपेको छु । यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अ,स्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार का,रागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु ।

एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।
धन्यवाद !


Your Views
Related News