काठमाण्डाै ,नेपाल विद्युत प्रा,धिकरण माताहतमा भइरहेका कामको निय’मित अ’नुगमनमा जानु कार्यकारी निर्देशक कुलमान घिसिङको दैनिकी नै बनेको छ ।समयमै काम पूरा गर्न उहाँ कहिले नागरिकसँग अनि कहिले संसदीय समितिमा सांसदसँग नै बा’झेको देखिन्छ । ठेकेदारलाई फकाएर होस् या चे’तावनी दिएर हाेस्, काम बेलैमा सक्न घिसिङको दौ’डधुप बढेको देखिन्छ ।सोमबारदेखि नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौका तार भू’मिगत गर्ने काम थालेको छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका तार भूमिगत गर्न भारतीय कम्पनी के’ईआई इ’न्डस्ट्रिजले जिम्मा पाएको छ ।

आज खनेको सडक भोलिपल्टै पहिलेकै अवस्थामा ल्याउने र अ’फ्ठेरो ठाउँमा सडक खनेको बढीमा १० दिनभित्र पीच गर्न ठेकेदारसँग स’हमति भएको छ ।यसअघि ढल र मेलम्ची खानेपानी आयोजनाले सडक खन्दा उपत्यकाका नागरिक धुलो र धुवाँले है’रान भएका थिए, अहिले त्यस्तो हुन नदिन ‘हो’राइजेन्टनल डि’रेक्स्नल् ड्रि’लिङ’ प्र’विधि अ’पनाइएको छ । जसले पूरै सडक नखनि मुसोले जस्तै प्वाल पार्नेछ । केही मिटरको अ’न्तरमा भने पूरै सडक ख’न्नुपर्नेछ ।ठेकेदार कम्पनीले सन् २०२१ को अक्टोबरसम्म महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका बालुवाटार, पानीपोखरी, धर्मस्थली लगायतका ठाउँमा दुई सय ५० किमी क्षेत्रको तार भू’मिगत गर्नुपर्नेछ ।

यस्तै रत्नपार्क वितरण केन्द्र अन्तर्गतका बाग बजार, पुतलीसडक, न्युरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, सोह्रखुट्टे, त्रिपुरेश्वर, टेकु, कालीमाटी, थापाथली, माईतीघर, सिंहदरबार, नक्साल, गौशाला, एअरपोर्ट, चावहिल, लाजिम्पाट लगायतका क्षेत्रको दुई सय किमी क्षेत्रमा तार भूमिगत गरिनेछ ।सडक धु’लाम्य र हि’लाम्य भएर नागरिकको आ’लोचना नआओस् भनेर घिसिङले तार भू’मिगत गर्ने जिम्मा पाएको ठेकेदारलाई पनि स’चेत गराइसक्नुभएको छ । सडक खन्दा आउने फोहोर व्यवस्थापन गर्न, धुलो उड्न नदिन र भईरहेको काम छाे’पेर मात्रै गर्न घिसिङले निर्देशन दिनुभएको छ ।

‘हाम्रो तर्फबाट गरिदिनुपर्ने स’हजीकरणमा कुनै क’मजोरी रहँदैन, तर जुनसुकै हा’लतमा यो काम तो’किएको समयमै स’किनुपर्छ भनेर मैले पटक पटक भनेको छु ।’ घिसिङले भन्नुभयो ।तार भू’मिगत गर्ने कार्यक्रमको उ’द्घाटन सकेर धेरैजसो अ’थिति र विद्युत् प्राधिकरण, सडक विभाग, ऊर्जा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका नि’कायका प्रतिनिधि बा’हिरिँदा पनि घिसिङले ठेकेदारसँग समयमै काम सक्ने र व्यवस्थित काम गर्नेतर्फ स’चेत गराइरहनुभएको थियो ।‘म आज बेलुकी १० बजे आउँछु र पटक पटक रातिको समयमा छड्के अ’नुगमनमा आउँछु, म आउँदा काम नभएको देख्नु नपरोस्, फ’टाफट काम हुनुपर्छ ।’


Your Views
Related News