काठमाडौं चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा जनस्तरबाट निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशालालाई चर्चित अभिनेत्री ऋचा शर्माले नगद रु २५०००/- ( पच्चीस हजार ) सहयोग गर्नु भएको छ ।

केही समय अगाडि वैवाहिक बन्धनमा बाधिएकी नायिका शर्मा नेपालकै पहिलो स्ट्यान्ड अप कमेडी शो “कमेडी च्याम्पियन” शो मा जर्जको भुमिका निर्वाह गरिरहेकी छिन् ।

दुई बर्षको समय अवधिमा सम्पन्न हुनेगरि निर्माण गरिएको रंगशालाको काम यति वेला तिव्र गतिमन भइरहेको छ । निर्माणधिन रंगशालालाई देश विदेशबाट सहयोग रकम आउने क्रम जारि छ ।

केही समय अघि धादिङ गल्छि गाउँपालिकाबाट सय टिपर बालुवा ढुवानी सहित रंगशालालाई सहयोग भएको थियोे । भर्खरै मात्र नुवाकोटका आइचर व्यवसायीले पनि रंगशालालाई ३५ आइचर गिट्टी बालुवा सहयोग गरेका थिए ।

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि चर्चित नयिका तथा कमेडी च्याम्पियनकी जर्ज रिचा शर्मा ज्युले रु २५ हजार रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको छ । यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा रिचा शर्माज्युलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।

तपाई पनि यस अभियानमा जोडिन चाहानुहुन्छ भने ०१४४८२९७१, ९८४१२२९९१२, ९८०३४७२४७६ ,९८५५०५४३४१ मा सम्पर्क गर्नुहोला ।
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’


Your Views
Related News