काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सीमा क्षेत्रमा रहेका भारतीय बाँधका कारण नेपाली भुभाग डुबानमा पर्न सक्ने अवस्था आउन नदिन भारतीय पक्षसँग कूटनीतिक पहल गर्न परराष्ट्रमन्त्रीलाई निर्देशन दिएका छन् ।शुक्रबार सिंहदरबारमा बसेको उच्चस्तरीय समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले भारतीय बाँधका कारण नेपाली भूभाग डुबानमा पर्न नदिन आवश्यक गृहकार्य गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई निर्देशन दिएका हुन् ।मुलुकमा आइरहेको भीषण बाढीले भारतीय सीमा क्षेत्रमा बनाइएका बाँधहरूका कारण नेपाली भूभाग डुबानमा परेर ठूलो क्षति हुने सम्भावना बढिरहेको छ ।नेपाल सरकारका सबै मन्त्री, सचिव तथा उच्च पदस्थ अधिकारीहरू रहेको सो समीक्षा बैठकमा प्रधानमन्त्री ओलीले देशभरमा आइरहेको बाढीपहिरोका कारण भएको घटनामा उद्धार, राहत र पुनस्र्थापनामा जुट्न केन्द्रीय मन्त्री तथा प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि तथा सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।


Your Views
Related News