मंगलबार ०४ माघ २०७८

यस्तो छ समाजशास्त्रीको मतनेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले अचेल गाउँमा जाँदा “नेतालाई कुन चाहिँ चोर आएछ भन्छन्” भनेर दिएको अभिव्य क्तिले निकै च,र्चा पाएको छ।

उक्त समारोहमै उनीपछि बोलेका अन्य दलका नेताहरूले लिङ्देनको अभिव्यक्तिको प्रतिवाद गरेका थिए भने सामाजि क सञ्जालमा पनि त्यसबारे चर्चा भइरहेको छ।

उनको अभिव्यक्तिले चर्चा पाएपछि बीबीसीले सोधेको प्रश्नमा लिङ्देनले चाहिँ “आफूले भुइँमा न्छेको कुरा गरेको तर नेताहरू ले आफैँलाई भने जस्तो गरी लिएको” बताए।

एक जना समाजशास्त्रीले चाहिँ मानिसहरूले सामाजिक सञ्जाल र कुराकानीमा नेताहरूलाई गाली गरेको देखिए पनि त्यसले समग्र रूपमा राजनीतिक आवाजलाई प्रतिनिधित्व नगर्ने बताएका छन्।

लिङ्देनको भनाइ महाधिवेशनको उद्घाटन समारो,,हमा शुभ कामना मन्तव्य दिने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले जनताको नजरमा पछिल्ला दिनमाहरूमा नेताहरूको विश्वसनी यता निकै गिरेको बताएका थिए।

उनले गाउँमा जाँदा नेताहरूलाई जनताले “कुन चोर आयो” भन्ने गरेको बताए।

लिङ्देनले भने, “पार्टीका कार्यकर्ताले एउटा चौतारोमा, एउटा सामुदायिक भवनमा नेताहरू बोलाएर राख्छन् र छरछिमेकीलाई आमन्त्रण गर्न जान्छन्। ‘आउनु न एक छिन फलानो चौतारोमा अर्थात् फलानो सामुदायिक भवनमा हाम्रो नेता आउँदै हुनुहुन्छ’ भन्छन्।”

“नेता आउँदै हुनुहुन्छ भन्दाखेरि मान्छेले आजकल… कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैनन्। ‘कुन चाहिँ चोर आएछ’ आज त्यहाँ भनेर भन्छन्।”

लिङ्देनको भनाइलाई उनीपछि बोलेका नेकपा एमाले र माओ वादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीहरूले प्रतिवाद गरेका थिए।


Last Updated on: December 12th, 2021 at 9:20 am
११९ पटक हेरिएको

तपाईको प्रतिक्रिया