मंगलबार ०४ माघ २०७८

काठमाडौं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) स्वीकार नगर्ने बताउनुभएको छ ।’ नेकपाले एमसीसीको बारेमा निर्णय गर्न नसकिरहेको बेला प्रचण्डको सो अभिव्यक्ति आएको हो ।
शुक्रबार चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फरेन्समा अध्यक्ष प्रचण्डले सैन्य गठबन्धनसँग जोडिएका कुनै पनि आर्थिक सहायता स्वीकार नगर्ने स्पष्ट पार्दै एमसीसी पनि स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो’ ।

हिजो राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी स्वीकार गरेर जानुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ‘। तर लगत्तै आज प्रचण्डले नेपालको संविधानसँग बाझिने सुरक्षा गठबन्धनसँग जोडिएको सहयोग स्वीकार नगर्ने बताएसँगै प्रधानमन्त्री ओलीलाई झड्का लागेको छ ।

नेकपाले आफ्नो परराष्ट्र नीति सञ्चालन गर्दा यो तथ्यप्रति पूर्णरुपमा सचेत रहेको बताउदै उहाँले नेपालको सार्वभौम स्वतन्त्रता, र गैरहस्ताक्षरित नीतिलाई सम्मान गर्ने मित्र देशहरूको कुनै पनि विकास समर्थनलाई स्वागत गरिए पनि संविधानविरुद्धका सुरक्षासहित संलग्न कुनै पनि प्रकारको सहयोग स्वीकार गर्न नसकिने बताउनुभयो ‘।

त्यसैगरी प्रचण्डले चिनियाँ जनताको एकता, दृढता, त्याग, समर्पण र मानवअधिकारको अदृश्य रोगबिरूद्धको युद्धमा चीनको कम्युनिष्ट पार्टीले निर्देशित गरेको अनुकरणीय प्रदर्शन सराहनीय भएको बताउदै । ‘नेकपा र चीनको कम्युनिष्ट पार्टीसँग मिलेर साझा विकास, समृद्धि, शान्ति र सद्भावको लागि काम गर्न चाहेको बताउनुभयो ‘।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनका दलबीच छलफल गरेर मात्र एमसीसीबारे निर्णय हुने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम लुम्बिनी प्रदेश अधिवेशनको आज नेपालगञ्जमा उद्घाटन गर्दै अध्यक्ष नेपालले एमसीसीबारे सबै पार्टीसँग छलफल चलाउन प्रधानमन्त्रीलाई आग्रह गरेको उल्लेख गरे ।

एमसीसीवारे के गर्ने भन्ने विषयमा सत्तामा रहेका पाँच दलबीचमा बैठकमा छलफल चलाउन खोजिरहेको र सबै पार्टीसँग बसेर छलफल चलाइयोस् भनेर हामीले प्रधानमन्त्रीलाई भनिरहेका छौँ”, अध्यक्ष नेपालले भने, सबै पार्टीको विचार आउनुप¥यो ।उनले सत्ता गठबन्धनका पाँच दलको सहमतिमा मात्र एमसीसीबारे निर्णय हुने जिकिर गरे ।


Last Updated on: December 18th, 2021 at 4:32 pm
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया