बुधबार १२ माघ २०७८

काठमाडौं । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले विदेशी गुहारेर, सडकमा अस्थिरता सिर्जना गरेर राजसंस्था कहिल्यै नफर्किँने बताएका छन् ।

images
राजासहितको हिन्दू राज्यको पक्षमा सडक र सदनमा आवाज उठाउन अग्रमणी भूमिका खेलेका पूर्वउपप्रधानमन्त्री थापाले विदेशी गुहारेर,दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजसंस्था फर्काउन नसकिने बताएका हुन् ।द

राजसंस्था पुनःस्थापनाको लागि राजनीतिक दल र आम जनताको विश्वास हुनुपर्ने भन्दै अहिले निर्मल निवासबाट भइरहेका गतिविधि त्यसका लागि सहयोगी नरहेको उनका टिप्पणी छ ।

थापाले सामाजिक सन्जालमार्फत भनेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुनस्स्स्थापनाको एकमात्र बाटो हो।बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरूविरुद्ध घृणा फैलाएर राजसंस्था फर्कँदैन । सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाइ गलत र प्रत्युत्पादक छ ।’


Last Updated on: December 20th, 2021 at 7:40 am
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया