शुक्रबार ०७ माघ २०७८

तरुण दल सुर्खेत अध्यक्ष विष्टले गराए दलित महिलाको आँखाको अप्रेशन

सुर्खेत । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले एक दलित महिलाको आँखाको अप्रेशन गराएका छन् ।गत वर्षको लकडाउनमा आवश्यकता परेका नागरिकलाई लाखौंको खाद्यान्न, ग्याँस जस्ता सामाग्री वितरण गरेका अध्यक्ष विष्टले आज पञ्चि नेपालीको आँखाको अप्रेशन गराएका हुन ।

वीरेन्द्रनगर ९ निवासी नेपालीका श्रीमानको २५ वर्ष अगाडी मृत्यू भएको थियो । उनका १९ वर्षका एक छोरा पनि वेपत्ता छन् ।अर्का उक छोराले दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका थिए । ‘म सडकमा गिट्टी कुटेर बस्ने गरेकी थिएँ
आजकाल आँखा नै देख्न सक्दिन थिएँ ।’

पञ्चाले भनिन्, ‘मेरो लागि उहाँ भगवान बनेर आइदिनु भयो । अब कम्तिमा एक आँखा त राम्ररी नै देख्ने भएकी छु ।’
अध्यक्ष विष्टले भने पहिलो लकडाउनमा खाद्यान्न सहयोग गर्ने समयमा आँखाको अप्रेशन गरिदिने बचन दिएको बताए ।

मैले पहिलो लकडाउनमा सहयोग गर्दा उंहाको गुनासो अनुसार आंखा अप्रेसन गर्दिने बचन दिएको थिंए र आज मेरो व्यक्तिगत खर्चमाआंखाको अप्रेसन गर्न पाउंदा आमा पनि खुशी र मेरो पनि आत्म सन्तुष्ट सहित बाचा पुरा भएको महसूस गरेको छु ।’ उनले भने ।


Last Updated on: December 22nd, 2021 at 9:06 am
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया