मंगलबार ०४ माघ २०७८

लामो समय देखी एमसीसीको विरोध गदै आएको राष्ट्रिय जनमोर्चा का अध्यक्ष चित्रबहादुर केसीलाई एमसीसीको विरोध नगन ठूलो प्रलोभन आएको खुलासा भएको छ । अध्यक्ष केसी स्वयमंले यस्तो खुलासा गरेका छन् । अहिले सम्म एमसीसीमै काम गर्ने विदेशीले ठाडै प्रस्ताव राख्न नसके पछि एमसीसीका केहि नेपाली दलालहरुले प्रलोभन

देखाएर आफुलाई प्रभाव पार्न खोजेको केसीले खुलासा गरेका छन् । आफुले विश्वासनै गन नसक्ने वुद्धिजिवीको आवरणमा रहेका केहि मानिसहरु समेत विभिन्न अफर लिएर भेट्न आएको केसीले जिकिर गरेका छन् । यस्ता यस्ता मान्छे पनि एमसीसीका दलाल रहेछन् भनेर आफुलाई ताजुब लागेको उनले बताएका छन् । जनमोर्चाले कुनै पनि

हालतमा एमसीसीलाई समर्थन गर्न नसक्ने पनी केसीले उद्घोष गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार अपरान्ह ४ बजे बोलाएको बैठकअघि बस्न लागेको सत्ता गठबन्धनको बैठकमा नै एमसीसीको पक्षमा जनमोर्चा नरहेको सन्देश पुनः दिने जनाएका छन् । ‘जनमोर्चाको पहिलादेखि नै स्पष्ट धाराणा के हो भने चीन विरोधी

क्याम्पमा नेपाललाई लैजान एमसीसी ल्याइएको हो । अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्रमा नेपाल फस्नु हुदैन केसीले भने ‘यो नेपालको विकासका लागि होइन, आफ्ना गतिविधि बढाउन लागि ल्याइएको एमसीसीको पक्षमा कुनै नेपाली छैनन् ।

प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने प्रयास गरेमा सत्ता
गठबन्धनबाट जनमोर्चा अलग्गिन सक्ने उनको चेतावनी छ । अमेरिकी अनुदान एमसीसी पारित गराउनका लागि आफूलाई दबाब र फकाउने दुवै काम गरिरहेको केसीले जानकारी दिएका छन् । केसी निवासमा

एमसीसीको प्रतिनिधि बनेर को को नेपाली बुद्धिजीवी आएका थिए रु त्यो भने उनले खुलाउन अझै चाहेनन् । यति मात्र भने‘तिनलाई
चिन्ने मौका पाइएको छ, समय आए पछि भनौंला ।’काउनका अनुसार सम्पूर्ण नेपाली एमसीसीको विरोधमा भएकाले संसदवाट पारित हुने अवस्था छैन ।


Last Updated on: December 22nd, 2021 at 1:07 pm
१२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया