मंगलबार ०४ माघ २०७८

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत् डा.भट्टराईले पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा चलेको एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भन्दै आक्रोस पोखेका हुन्।

सभामुख अग्नी सापकोटाले आफ्नो फुटाउन भूमिका खेलेको भन्दै एमालेले लामो समयदेखि संसद चल्न दिएको छैन। मंगलबार पनि एमालेले नाराबाजी गर्दै संसद् अवरुद्ध गरेको थियो।

‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो? के यही हो उसको जबज?’, नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाँच्छ? बढी उफ्रँदा आफ्ने धोती फुस्कन्छ है!’


Last Updated on: December 22nd, 2021 at 1:19 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया