बुधबार १२ माघ २०७८

पुर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा वलीले अमेरिकन प्रोजेक्ट एमसीसी प्रचण्डले पास गर्न नदिएको बताएका छन । वलीले प्रधानमन्त्री भएको बेला संसद बाटै एमसीसी पास गर्नको लागि पटकपटक प्रयास गरेका थिए तर प्रचण्ड लगायत तत्कालीन नेकपाका केही नेताहरुले असहमत जनाएको कारण उनि सफल हुन सकेनन ।

वलीले खुल्ला अन्तर्वार्तामा समेत पटकपटक प्रचण्डले एमसीसी पास गर्न रोकेको प्रतिक्रिया दिदै आएका छन । एमसीसी देशको लागि राम्रो भएको र संसद बाटै पास गर्नुपर्छ भन्ने वलीले स्पष्ट अडान राख्दै आएका छन ।

एमसीसी पास गर्न नदिएको कारण वली-प्रचण्डको सम्बन्धमा फाटो आएको थियो जसले गर्दा नेकपा बिभाजन देखि सत्ता परिवर्तन पनि भएको छ । एमसीसी पास गर्नको लागि जस्तोसुकै कदम चाल्न पनि तयार भएका वली अन्ततः नेकपा भित्र अल्पमतमा परे । वलीलाई प्रधानमन्त्री बाट हटाउने गृहकार्य भैरहेको बेला उनले प्रतिनिधि सभा विघटन गरे भने नेकपा पनि बिभाजन भयो ।

अन्ततः एमसीसी लगायत धेरै कुरामा चुकेका वलीलाई एमालेकै माधव समूह लगायत अन्य राजनैतिक दलहरु एक भएर प्रधानमन्त्री बाट पनि समेत हटाए । यसरी प्रचण्डले एमसीसी पास गर्न नदिएको कारण वली पाटीमा अल्पमतमा परे भने त्यसपछि विभिन्न चरणमा गल्ती गर्दै जाँदा प्रधानमन्त्री पद समेत गुमाउनु पर्‍यो ।

एमसीसीको कारण नै केपी-प्रचण्ड सम्बन्धमा फाटो आएको भन्ने कुरा सबैलाई छर्लङ्ग छ । एमसीसी रोकेकै कारण प्रत्येक कार्यक्रममा वलीले प्रचण्डको आलोचना गरेको देखिन्छ ।

यद्यपि एमसीसी सम्झौता भित्रका बुद्दाहरु नेपालको कानुन संग बाझिने भएकोले सारा नेपाली प्रचण्डको पक्षमा उभिएका छन । जस्ताको तस्तै एमसी पास गर्न नसकिने भन्ने कुरामा प्रचण्डले बारम्बार सबैलाई अनुरोध गरेका छन ।

काङ्ग्रेस र एमाले केपी समूह एमसीसी संसद बाटै पास गराउनको लागि पनि पहिले देखि नै गृहकार्य गरिरहेको छन । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले एमसीसी पास गर्नको लागि जुनसुकै कदम चाल्न सकिने बताएका छग ।

अमेरिकी प्रोजेक्ट एमसीसी सम्झौता भित्रका केही बुद्दाहरु नेपालको कानुन संग बाझिने भएकोले धेरै नेपालीले यसको समर्थन गरेका छैनन । कानुनका ज्ञाताहरुको पनि असहत छ । नागरिक बाट स्विकार नभएको र साँच्चै नेपालको कानुन संग प्रत्येक्ष प्रभाव पार्ने एमसीसी सम्झौता भने केही राजनैतिक दल र नेताहरु यसलाई जसरी हुन्छ संसद बाट पास गर्न लागेका छन ।

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली यो सम्झौता पास गर्नको लागि जस्तोसुकै कदम चाल्न सक्ने बताएका छन । उनले एक टेलिभिजन अन्तर्वार्ता मै खुलेर एमसीसीको पक्षमा रहेको जानकारी गराएका छन ।

उनले एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गर्दा एमसीसी पास गुन नसकेको पनि प्रष्ट पारेका छन । प्रचण्डले सहयोग नगरेपनी यो सम्झौता छिटोभन्दा छिटो पास गर्न आफू लाग्ने बताएका हुन ।

उनको यो पहिलो घोषण भने होइन किनकी प्रधानमन्त्री हुँदा संसदको रोष्टम बाटै एमसीसीको पक्षमा सबै एक हुन आह्वान समेत गरेका थिए । उनले महाकाली सन्धी गर्दा पनि धेरै संघर्ष गरेको र एमसीसी पास गर्न खोज्दा पनि लफडा गरेको भन्दै प्रचण्ड माथी आरोप लगाएका थिए ।

यो सम्झौता एकदमै महत्त्वपूर्ण छ र सित्तैमा आएको यति धेरै पैसा लिन ढिला गर्नुहुन्न भन्ने उनको धारणा रहेको थियो । हुनत उनले महाकाली सन्धी गर्दा देशमा बार्सिक खरबौँ पैसा आउँछ भनेका थिए तर अहिले सम्म एक पैसा पनि आएको देखिदैन ।

मीठो भाषण गरेर जनतालाई मख्ख पार्न जानेका वलीलाई यतिबेला भने जनताले मज्जाले चिन्ने अवसर पाएका छन । पछिल्लो चरणमा केपी शर्मा वलीले गरेका गलत कामहरुको कारण उनी जनताको नजर बाट गिरेका छन ।

नेकपा एमाले अन्तर्गत केपी समूह लगायत एमसीसीको पक्षमा नेपाली कांग्रेस पनि उभिएको छ । अहिलेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा लगायत सिंगो कानमा एमसीसीको पक्षमा उभिएको छ । म्हाकाली सन्धी गर्दा पनि देउवा प्रधानमन्त्री थिए ।

सारा नेपालीले अस्विकार गरेको एमसीसी एमाले र काङ्ग्रेसले पास गर्नको लागि ठुलै खेल खेलेका छन भने माओवादी भने एमसीसीको पक्षमा छैन । अहिले सम्म नेपाली जनताको बाहिर बाट दबाब र संसदमा माओवादी पिलर भएर यश प्रती असहमत भएको कारण अहिले सम्म रोकिएको छ ।

यद्यपि सरकारले जिम्मेवार बनेर काम गर्न नखोजेको उनको आरोप छ । देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासँगै अर्थतन्त्रमा जटिल समस्या देखिएको भन्दै उनले यसको समाधान निर्वाचन नै भएको दाबी गरे । पत्रकार सम्मेलनमा पाण्डेले नेकपा (एमाले) भित्रको आन्तरिक व्यवस्थापन, जिल्लामा भएका विकास निर्माण बारेमा प्रकाश पारेका थिए ।

धेरै प्रयास गर्दा पनि प्रचण्डले एमसीसी पास गर्नै दिएनन : केपी शर्मा वली


Last Updated on: December 22nd, 2021 at 1:50 pm
१२२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया