बुधबार १२ माघ २०७८

रौतहट / नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कसैसँग सल्लाह नग’री एमसीसी सम्झौतामा जथा’भावी बुँदाहरु राखेर हस्ताक्षर गरेकोे आ’रोप लगाउँदै अहिले सरकार बाहिर बसेर तमा’शा हेरिरहेको बताएका छन् ।

आफ्नो गृह जिल्ला रौतहटको वृन्दावन नगरपालिका–५ नरकटीयामा रहेको नवनिर्मित स्वास्थ्य चौकीको भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओली सरकारले बिगा’रेकाले अहिलेको सरकारलाई सम’स्या परेको जि’किर गरेका हुन् ।

‘सम्झौतामा नयाँ–नयाँ कुरा राखेर ओली सरकारले हस्ताक्षर गरेकाले अहिले सम’स्या खडा भएको छ’ उनले भने, ‘बि’गार्ने एउटाले अनि सम’स्यालाई हामीलाई परेको छ । उनी त सरकारबाट ह’टे, सरकारमा त हामी हामी छौँ । उनी बाहिर बसेर तमा’शा हेरेर बसेका छन् ।’

त्यस्तै उनले पाँच दलीय गठबन्धनको सहमतिमा नै एमसीसीको बारेमा निर्णय लिइने जनाएका छन् । आफूले एमसीसीका प्रतिनिधिहरुसँग भेटेको र भेटमा आफूले नेपाल कुनैपनि किसिमको सै’निक गठबन्धन, सुरक्षा रणनीतिमा सहभागी नहु’ने स्पष्ट पारेको बताए ।

उनले नेपालको भूमि कुनैपनि छिमेकी राष्ट्र’विरुद्ध प्रयोग गर्न नदिइने भन्दै एमसीसीबारे गठबन्धनमा छलफल भइरहेको उल्लेख गरे । ‘हामी गठबन्धनमा सबै काम सल्लाहले गर्छौं’, उनले भने, ‘हाम्रो देशको जमिन, विकास, रोजगारमा हाम्रो अधिकार हुनुपर्छ । यसमा कुनै हस्त’क्षेप हुनुहुँदैन ।’

उनले थप भने, ‘एमसीसीका प्रतिनिधिसँग मैले यिनै कुरा राखेको छु । उनीहरुले सकारात्मक जवाफ दिएका छन् । तर लिखित प्रति’वद्धता नआउनुन्जेल जनतालाई विश्वास हुँ’दैन ।’

त्यस्तै, उनले भारत, चीन, अमेरिका, युरोप सबैको चित्त बुझ्ने गरी सम्झौता हुनुपर्नेमा जोड दिए । अर्को एक प्रसंगमा उनले कृषकहरुले मल नपा’उनु निकै दुः’खद् भएकाले यसको समाधानको लागि कृषि मन्त्रीसँग कुरा गर्ने प्रति’वद्धता जनाए ।

सरकारले मलको दीर्घकालीन समाधानको लागि नेपालमै मल काराखाना खोल्नुपर्नेमा जो’ड दिदैँ उनले कृषकहरुले पनि रासायनिक मलभन्दा पनि बढी प्रांगारिक मलमा जोडदिनुपर्ने सुझाए ।

उक्त कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङ, विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, पूर्व स्वास्थ्य राज्यमन्त्री वंशिघर मिश्र लगायतका केन्द्रीय एवम् स्थानीय नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । – बालविक्रम कार्की/ न्यु’ज 24 नेपाल बा’ट ।


Last Updated on: December 23rd, 2021 at 6:44 am
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया